एक नेपालीमा कोरोना पोजेटिभ देखियो : स्वास्थ्य मन्त्रालय




फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी एक नेपाली नागरिकमा कोरोना पोजिटभ भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कतार हुँदै नेपाल प्रवेश गरेका एक नेपालीलाई कोरोना पोजेटिभ देखिएको पुष्टि गरेका हुन् ।

विदेशबाट आएका ६०० जनाको कोरोना परीक्षणका क्रममा एकजनालाई कोरोना भएको पाइएको मन्त्रालयले जानकारी दिएको छ । उनलाई आइतबार पोजेटिभ देखिएको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्