११ हजार मास्क र २ सय सेनिटाइजरसहित बिराटनगरबाट एक जना प-क्राउ



बिराटनगर महानगरपालिका(७ बाट सोही महानगरपालिका(९ बस्ने ४९ वर्षीय राजेश अग्रवाल ११ हजार ३ सय ५० थान मास्क र २ सय एमएलको २ सय बोतल सेनिटाईजर सहित आइतबार साँझ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङ र बिराटनगर महानगरपालिकाबाट खटिएको संयुक्त अनुगमन टोलीले अनुगमन गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त मास्क र सेनिटाइजर फेला पारी राजेशलाई पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्