मास्कको प्रयोग किन ? मास्क प्रयोग गर्नुपूर्व यी कुरामा ध्यान दिनुहोस्




काठमाण्डौँ, चैत्र १०
कोरोना भाइरस संक्रमणवाट विश्वका १८६ देशमा फैलिएको छ । यहि संक्रमणकाको कारण १४ हजार ७ सय ४९ जनाको मृत्यु भएको छ । नेपालमा पनि एकजना नागरिक कोरोना संक्रमित भएको पुष्टि भएपछि विषेश सावधानी अपनाउन पर्ने भएको छ ।

मास्क लगाउनु ठिक कि बेठिक आफैंमा विवादित विषय बनेको छ । चीन र दक्षिण कोरियामा मास्क प्रयोग नगर्नेलाई गलत ब्यक्तिको रुपमा हेर्ने संस्कार पनि छ । कतिपय कार्यालयमा मास्क नलगाउनेलाई प्रवेश निषेध गरिने गरिएको छ । तर, उनीहरु विश्वस्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुरुपको मास्क मात्रै प्रयोग गर्छन् ।

यदि तपाइलाई रुघा वा खोकी लागेको छ भने मास्क प्रयोग गर्नु उपुक्त हुन्छ । तपाईमा भएको संक्रमण अन्यमा नसर्ने सम्भावना हुन्छ । त्यस्तै भिडभाडमा जानु भयो भने पनि मास्क प्रयोग गर्दा अन्यमा भएको संक्रमण नसर्ने सम्भावना हुन्छ । त्यसका लागि विश्वस्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुरुपको मास्क हुन जरुरी छ ।

कसरि लगाउने मास्क :
-सबै भन्दा पहिला माक्स छुनु अगाडी सावुन पानीले हात धोएर, सेनेटराइज लगाउनु पर्छ ।
-मास्कले नाक र मुख पुरै छोप्नु पर्छ ।
-मास्क लगाउदा माक्समा छुनुुहुन्न । माक्स तना मात्रै हातले समाउनुपर्छ ।
-मास्क एकदिन भन्दा बढी प्रयोग गर्नु हुन्न । धुन मिल्ने छ भने एकदिन लगाएपछि धोइहाल्नु पर्छ ।
-यदि एकदिन लगाएर फाल्ने खालको मास्क छ भने मुखवाट झिक्ने बित्तिकै डष्टबिनमा राख्नुपर्छ त्यो पनि मुख बन्द गर्न मिल्ने डष्टबिनमा ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्