विद्यार्थीले ८०प्रतिशत ज्ञान घरमै सिक्न सक्छन : प्रिन्सिपल डि आर भण्डारी



प्रेम विवश घर्ती मगर
दाङ
हाम्रो पहुँच सेकेन्डरी स्कुल तुलसीपुर दाङका प्रिन्सिपल डि आर भण्डारीसंग अहिलेको वर्तमान समयमा शिक्षामा सुधार ल्याउन के कस्ता क्रियाकलाप गर्न सकिन्छ लगाएत यस्तै यस्तै शैक्षिक गतिविधिमा रहेर गरेको कुराकानी ।

१ स्वागत छ यहाँलाई थाहअनलाईनमा ।
हजुर धन्यवाद ।

२ आजभोलि त विद्यालय पनि विदा छन के गर्दै हुनुहुन्छ ?

अहिले हामी पुरानो शैक्षिक सत्र २०७६ लाई बिदाइ गर्दै नयाँ शैक्षिक सत्र २०७७ लाई भित्र्याउँदै छौं अबको केहि दिनमै हामी यो २०७६कोे वार्षिक परीक्षा नतिजालाई प्रकाशन गर्दै छौं र अहिले त्यसमै ब्यस्त भएका छौं । त्यसैगरी अब आउने नयाँ शेक्षिक सत्रलाई अझ राम्रो अझ ब्यवस्थीत , अझ प्रभावकारी अझ भनौ भने विद्यालयको पठन पाठनलाई थप गुणस्तरीय गर्नकोलागि समय मिलेको छ । म यस्तै काममा ब्यस्त छु ।

अहिले देशमा कोरोनाको डर सन्त्रास छ । यसका लागि विद्यालयको तर्फबाट पनि कुनै अभियान थाल्नु भाको छ कि ?
अभियाननै त नभनाँै , सरकारले पनि समुहमा हिँड्ने डुल्ने कुराहरु नगर्नु र नगराउनलाई अनुरोध गरेको छ तर पनि हामीले विद्यालयको तर्फबाट रेडियोमा जनहितकालागि जारी भनेर कोरोना सर्ने माध्यम र त्यसबाट बच्ने उपायका कुराहरुलाई प्रसारण गरेका छौं , त्यसै गरी हाम्रो विद्यालयको फेसबुक पेज, ग्रुप मेसेन्जरहरुमा , नोटिस बोर्डमा कोरोना भाइरसबाट वच्ने तरीकाहरुलाई पोस्ट गरी जनचेतना फैल्याउने काम गरेका छौं ।

४ यस्तो अवस्थामा विद्यालयका बावु नानीहरुलाई विद्यालयले कसरी निगरानी गरेको छ ?

विद्यार्थीमा देखिएका समस्यालाई फोन बाटै समाधान गरेका छौ विषेश गरी यो एसइइका विद्यार्थीहरुमा भएको छ । यस्तो बेला विद्यालयले गर्ने काम त आफ्नो स्थानमा छदैछ त्यसको साथसाथै अभिभावकले पनि निगरानी गर्नु पर्छ । विद्यार्थीको वार्षिक परीक्षाको नतिजा प्रकाशन नभईसकेको र विद्यार्थी घरमै बसिरहने अवस्था भएको हुँदा अभिभावकले नै विद्यार्थीहरुलाई व्यस्त बनाउने प्रयास गर्नु पर्दछ ।

५ के गरेर ब्यस्त बनाउन सकिन्छ केहि तरीका पनि दिनुस न ।

विद्यार्थीलाई कस्तो बनाउने भन्ने त अभिभावककै हातमा हुन्छ नी । तपाई न्यूरोलोजिस्टको अनुसन्धान रिपोर्ट हेर्नुभयो भने विद्यार्थीलाई सबल बनाउनमा विद्यालयको २० प्रतिशत साथ हुन्छ भने अभिभावको ८० प्रतिशत साथ रहेको हुन्छ भन्छन । घर विद्यार्थीहरुको पहिलो पाठशाला भन्ने सुन्दै आएको हो । म तपाईलाई यसमा बुदागत रुपमा भन्छु ः जस्तो
– विद्यार्थी जब विहान बेडबाट उठ्छ उसलाई अभिभावकले नै आमा बाबु , दाजु , भाउजू , दिदी , भिनाजु जो जो मान्यजनहरु ह्ुनुहुन्छ उहाँहरुलाई ढोग्न, आर्शिबाद लिन सिकाउनुस तपाईको बच्चाले यहिबाट संस्कार सिक्न थाल्छ।
– उसलाई घरमा आउनु भएको पाहुनालाई ढोगभेटका साथै तातो चिसो, चिया पानी के खानुहुन्छ भनेर सोध्न सिकाउनुहोस उसले त्यैबाट न्यानो आतिथ्यता र सत्कार सिक्छ ।
– घरमा आउनु भएको पाहुनालाई चिया पकाइदिन सिकाउनुहोस , विद्यार्थीले त्यसैबाट आगो बाल्न, पकाउन, भाडा धुन सिक्छ ।
– पकाएको ठाउँ , खाएको ठाउँलाई सफाराख्न सिकाउनुहोस त्यसबाट पनि त उसले सर सफाईको काम सिक्छ ।
– त्यस्तै गरी बिरुवा रोप्न , फूल रोप्न , मिनि गार्डेन बनाउँन, घर वरिपरीको फोहोर उठाएर त्यसको सहि बिर्सजन गर्न सिकाउनुहोस त्यसबाट पनि उसले वातावरण संरक्षण गर्न सिकेको हुन्छ ।
– आफूले खाना खाएको थाली धुन , आफूले लगाउने जुत्ता धुन , मोजा धुन, टाईबेल्ट धुन, उसको सर्टमा टाँक लगाउन, उध्रिएको व्याग सिलाउन, घरवरिपरी सफा राख्नु लगाएतका धेरै भन्दा धेरै कुरा सिकाउन सकिन्छ । तर हामी यस्ता कुराहरु केहिपनि गराउँदैनौ हाम्रो समस्या त्यहिनेर छ ।

६ अभिभावकलाई सोध्यौ भने त यति सानो वच्चाले यो सबै कहा गर्न सक्छन भन्नुहुन्छ नी फेरी ।

मैले भनेको घरमा अभिभावकले उनीहरुको उमेर अनुसारको सिकई सिकाउनु पर्यो भन्या हो । समस्या विद्यार्थीमा भन्दा पनि अभिभावकमा देख्न सकिन्छ । हामी बच्चाले गर्न नै सक्दैन भनेर उनीहरुलाई केहि गर्न दिदैनौं तर बच्चाले जति काम गर्यो उतीनै उसको सिकाई बढ्दै जानेहो भन्ने बिर्सन्छौं । उनीहरुको क्षमता अनुसारको घर सिकाईले उनीहरुको चौतर्फी विकासमा सहयोग पुर्याएको हुन्छ ।

७ यो चौतर्फी बिकासको सिकाइ भन्या के रैछ ?

विद्यार्थीले बाल्य अबस्थामा सिक्ने धेरै कुराहुन्छन । त्यसलाई किताबको पानाबाट मात्रै पुर्ण हुँदैन , बिभिन्न प्रकारका रिसर्चलाई हेर्यो भने विद्यार्थी कक्षा १ देखि कक्षा १० सम्म जति धेरै सिकाइ क्षमता बढेको हुन्छ पछि गएर उसको विभिन्न कारणले त्यो क्रमिक रुपमा घट्दो भएको हुन्छ । त्यसैले कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीले सिक्न सक्ने सबै कुरा कितावका पाना भन्दा पनि बाहिर गएर सिकाउने कुराहरु हो जस्तो लाग्छ मलाई । सरकारले यसलाई विद्यार्थीको Holistic Development अर्थात सबै कुराको बिकास भनेर थप सुधारगरी स्कुलहरुमा ल्याउन खोजेको सुन्नमा आएको छ । समग्रमा भन्दा सिकाइका थुप्रैकुराहरु जस्ले गर्दा विद्यार्थीमा सबैकुराको ज्ञान हाँसिलहुनु भन्ने बुझिन्छ ।

८तपाईको स्कुलमा लागू गर्नु भएको छ , चौतर्फी बिकास सिकाई सम्वन्धीका कक्षाहरु ?

अबश्य छ । सरकारले गरेका कुरा अहिले सुनिदैछ तर हामीले यो सिकाईलाई विद्यालय स्थापना काल देखिनै आत्मसाथ गरेर हिडेका छौं । “गुणस्तरीय शिक्षाकालागि हामी केहि गरौं ” भनेर नै हामी विद्यालय स्थापना गरेका हौं । सहकारीको लगानीमा भएर पनि हो , हामीले शुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिँदै आएका छौं । अहिले पनि हाम्रो विद्यार्थीहरुले रेडियो मा कायैक्रम सञ्चालन गर्दै आएका छन जुन उनीहरुको पुस्तक भन्दा बाहिरको कुरा हो । त्यसै घर विद्युत जडान, मैन बत्ती निर्माण , आधारभुत अमिन, गुडिया निर्माण, बस्नलाई प्रयोग गरिने मुडा निर्माण, मोवाइल रिपेरिङको आधारभुत कक्षाहरु , माटोका भाडाहरु बनाउने , खेलकुद, नृत्य, गित संगीत लगाएतका धेरै कुरा छन जस्लाई हामी शुरुबाटै सिकाउँदै आएका छौं । र मलाई विश्वास छ , विद्यालयका यस्ता गतिविधिले हाम्रा विद्यार्थीलाई सबल बनाएको छ । त्यसैगरी संस्कार र संस्कृतिका कुरा सिकाएका छौँ जसले विद्यार्थीलाई एक सबल आदर्शवान विद्यार्थीबनाउनमा सहयोग गरेको छ ।

९ अव विद्यालयलाई कसरी अगाडि लैजाने सोच्नु भएको छ ?

हामीले विद्यार्थीहरुलाई सैद्धान्तिक शिक्षा संगै ब्यवहारीक शिक्षाका कुराहरुलाई जोड दिएर ल्याएका छौ अब त्यसलाई थप ब्यवस्थित गर्दै निरन्तरता दिने योजना बनेको छ । सिप सिकाई सम्वन्धिका कुराहरुलाई अलग्गै पाठ्य पुस्तक बनाएर निरन्तरता दिने छौं विभिन्न छात्रबृत्तीहरुलाई निरन्तरता दिनुका साथै शुलभ शुल्कमा गुणस्तरीय शिक्षादिने कुरालाई ५ वर्षे रणनैतिक कार्य योजना बनाएर अगाडि बढाएका छौं ।

१० अनि विद्यालयमा धेरै छात्रवृत्ती अनि सेवा सुविधाका कुरा पनि सुन्न पाइन्छ त ?

हो हजुरले सुनेको ठिक हो । हामीले सबैका लागि शिक्षा भन्ने हाम्रा उद्देश्यहरु मध्यको एक उद्देश्य हो । यसमा पैसा नहुने ,बावु आमा नहुने , गरीब तथा जेहेन्दार विद्यार्थीलाई पनि बिभिन्न छात्रवृत्तीले समेटेका छौं । अहिलेसम्म हामी संग करीब ४लाख का विभिन्न अक्षकोष स्थापना छन जस अन्तरगत बिपन्न, आर्थीक अभाव भएका गरीब तथा जेहन्दार विद्यार्थीहरु त्यसको रकमबाट अध्यन गर्न पाउँछन त्यसैगरी सबै शेयर सदस्यहरुले १० प्रतिशतको छुट पाउनुहुन्छ त्यस्तै आफु गरीब तथा असाहय भएको भन्ने प्रमाण भएमा १० देखि २५ प्रतिशत छुटमा अध्यन गर्न पाउने ब्यवस्था मिलाएका छौं ।

११ अन्तमा केहि भन्न चाहानुहुन्छ ?

सम्पुर्ण अभिभावकहरुमा मेरो अनुरोध छ कि हामी हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाको लगानीमा विद्यालय सञ्चालन गरेका छौं हामी यस विद्यालयलाई नाफा मुखि भन्दापनि गुणस्तर मुखि बनाउदै आएका छौं । अभिभावकहरु तपाईले आफ्ना छोरा छोरीमा जुन सपना देखेर हामीकहा पठाउनु भएको छ हामी त्यो कुनै पनि हालतमा पुरा गराउने अभियानमा छौं यो विद्यालयमा हामी सबै शिक्षक , कर्मचारी , सञ्चालक, शेयर सदस्यहरुका छोरा छोरी भएको हुनाले विश्वाग गर्नसक्नुहुन्छ कि हामी सबैका छोरा छोरीहरु, आफ्नै छोरा छोरी भएको हुँदा हामी कहिलै पनि बिग्रन दिने छैनौं । र गाउँ समाज मा हाम्रो सफलता देख्न नसक्नेहरु जस्तो पनि जाल झेल गर्न सक्ने भएको हुदा केहि समस्याका कुरा सुनाएमा प्रत्यक्ष हामी संग सम्पर्क राख्नु हुनेछ भन्दै यहा हरु सम्पुर्ण अभिभावक, विद्यार्थी, शेयर सदस्य, शुभ चिन्तक , बुद्धिजीवीहरु सम्पुर्णमा धन्यवाद दिन चाहान्छु । सधै स्वस्थ्य रहनु , निरोगी रहनु भन्न चाहान्छु ।

१२ तपाईले पनि हामीलाई समय दिनु भयो धेरै धेरै धन्यबाद ।

तपाईहरुले पनि यस्तो समयमा पनि मलाई आफ्ना विद्यालयका कुरा , आफ्ना कुरा राख्ने मौका दिनु भयो तपाई लगाएत तपाईको सम्पुर्ण यूनिट अनि तपाईको यो अनलाईनलाई पनि धेरै धेरै धन्यवाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्