कोरोना संक्रमित नेपालीले भनिन्” निको हुने छाँट्काटै छैन “



थाहा अनलाइन , बेलायत
बेलायतमा रहेकी कोरोना संक्रमित एक नेपाली महिलाले संक्रमण निकै पीडादायक रहेको र १३ दिनसम्म पनि निको हुने छाँटकाँट नदेखिएको भन्दै सावधानी अपनाउन आग्रह गरेकी छिन्‌।

लमजुङ तार्कुघाट स्थायी घर भई हाल बेलायतको लण्डनमा बस्दै आएकी भगवती रानाभाटले संक्रमण भएपछि आफू १० दिनसम्म सेल्फ आइसोलेसनमा कोरोनासंग लडिरहेको भन्दै आफुले अरुलाइ पनि भयावह बनाउला भनी नभनेको तर अरुलाइ साबधानी अपनाउन भनी आफ्नो तस्बिर सहित सामाजिक संजालमा राखी पोस्ट गरेकी छिन ।

उनले लेखेकी छिन्:-

‘१० दिनको सेल्फ़ आइसोलेसन पछि COVID 19 सँग लड्दै !! यो महामारी कति पीडादायक हुँदो रहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँट्काटै छैन, फ़ेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो, तर सोचेँ। सबैले साबधानी अपनाउन सक्नुहुनेछ । हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध गर्दछु।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्