सर्वसाधारणले म्यादीलाई बन्दकर्ता भन्दै झुक्किए पछि …



.
सैघाली खबर
दाङ, ८ मंसिर । पूर्व जनमुक्ति सेनाले शुक्रबार गर्ने भनिएको बन्दका कारण बिहानै दाङका सडक सुनसान देखिन्थे । बजार पनि पूर्ण रुपमा बन्द थियो —भने सडकमा गुड्ने यातायातका साधन केही बेर ठप्प जस्तै थिए । हात हातमा लठ्ठी बोकेर चोक चोकमा बर्दी बिना उभिएका म्यादी प्रहरी देख्दा धरै जस्तो सर्वसाधारण बन्दकर्ता भनेर झक्किए । हामीलाई सुरक्षा दिन बसेका म्यादीलाई देख्दा भाग्नु पर्ने अबस्था आयो तुलसिपुरका राम कुमार रोकाले भन्नुभयो ।म्यादी प्रहरीलाई सरकारले समयमै बर्दी उपलव्ध नगरादा भाग्ने अबस्था आएको उहाँको भनाई छ।

म तुलसिपुर बाट घोराही सम्म आउँदा बर्दी बिनाका म्यादी देख्दा भागेर यहाँ सम्म आई पुगे उहाँले भन्नुभयो । चोकमा उभिएका धेरै जस्तो म्यादी प्रहरीले गोजीको भएको परिचय समेत घाँटीमा नझुण्ड्याउदा समस्या देखा परेको उहाँको भनाई छ । चोकमा उभिएका म्यादी प्रहरी हुन कि हल्ला खल्ला मच्चाउने ग्रुप हामीलाई चिन्न धौ —धौ प¥र्याे उहाँले भन्नुभयो ।

सरकारले म्यादी प्रहरीलाई बर्दी बिना सुरक्षामा खटाउँदा समस्यामा देखा प¥र्याे उहाँले भन्नुभयो । अरु बेला खासै समस्या देखिदैन बन्दका बेलामा म्यादीले बर्दी नलगाउँदा म्यादी बन्दकर्ता कि प्रहरी भनेर छुट्यान गाह्रो हुन्छ । हाम्रो जीउ ज्यानको सुरक्षा गर्न बसेको प्रहरीलाई समेत आफुले चिन्न नसक्ने अबस्था आयो उहाँले भन्नुभयो । सरकारले मंसिर २१ गते हुने निर्वाचनमा सम्म पनि बर्दी उपलव्ध नगराए सुरक्षा चुनौती देखा पर्ने उहाँको भनाई छ।

स्थानिय निकायको निर्वाचनमा भर्ती भएका कतिपय म्यादी प्रंहरी पुरानै बर्दी र नयाँ भर्ना भएका म्यादीहरु परिचय पत्रको भरमा सुरक्षामा खटिएको म्यादी प्रहरीले वताएका छन् । हामी लठ्ठीको साहारामा जनताको सुरक्षामा जुटेका छौ अहिले सम्म पनि हामीलाई बर्दी उपलव्ध गराईएको छैन एक म्यादी प्रहरीले भने । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गा चन्दले अबको एक दुई दिन भित्र दाङका सबै म्यादी प्रहरीलाई बर्दी उपलव्ध गराउने वताउनु भएको छ । बर्दी अर्डर गरेको गार्मेन्टले ढिलो गरिदिएका कारण ा समस्या देखिएको उहाँको भनाई छ । छिट्टै सबै म्यादी प्रहरीलाई बर्दी, लठ्ठी र जुत्ता समेत प्रदान गरिने चन्दले जानकारी दिनुभयो । बिहान ९ बजे देखि यातायातमा साधन सञ्चालनमा आउँदा दाङको जन जीवन सामान्य बन्दै गएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्