गाउगाउ बाटै सुत्केरी प्रोत्साहन भत्ता बितरण गर्न सुरु ।।



सैघाली खबर

दाङ ८ मंसीर ।
तुल्सीपुर उपमाहानगरपालीकाले गाउगाउ बाटै सुत्केरी प्रोत्साहन भत्ता बितरण गर्न सुरु गरेको छ । उपमाहानगरपालीकाले आज बिहीबार पहीलो पटक वडा नंबर १६ र १७ का सुत्केरी महीलाहरु लाई वडा कार्यालय बाटै सुत्केरी प्रोत्साहन भत्ता बितरण बितरण गरेको हो । कार्यक्रममा दुबै वडाका २५ जना महीलाहरुलाई जनही ४ हजार एक सयका दरले भत्ता बितरण गरीएको थीयो ।

कार्यक्रममा वडा नंबर १६ का १३ जना र १७ का १२ गरी कार्यबिधी पुरा गरेका २५ जना सुत्केरीलाइ भत्ता बितरण गरीएको थीयो ।
सो अबसरमा तुल्सीपुर उपमाहानगरपालीकाका प्रमुख मेयर घनश्याम पाण्डेले आमा र बच्चाको सुरक्षाको लागी सुत्केरी महीलाहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको बताउनुभयो ।

प्रमुख अथीती पाण्डेले नेपाल सरकारको नीएम अनुसार आफुले मातृसीसु तथा सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता बितरण गरेको बताउनुभयो ।

अस्पतालमा सीसुको जन्म गराउनपनी सुत्केरीहरुलाइ प्रोत्सहन गर्नुपर्ने उहाको भनाई थीयो । वडा नंबर १७ का वडा सदस्य मदन बहादुर बस्नेतको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा नंबर १७ का सचीव गेहराज पौडेलले संचालन गर्नु भएको थीयो । कार्यक्रम वडा नंबर १६ का अध्यक्ष भुप बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको थीयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्