‘अब डर र त्रासको अवस्था छैन ।-यादव



सैघाली खबर
काठमाडौं ८ मसिंर। मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचनको लागि सरकारले सुरक्षाको पूर्ण प्रत्याभुति गरेकोले ढुक्क भएर मतदान गर्न आम मतदातालाई प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलेआग्रह गरेका छन् ।
उनले भने, ‘केही ठाउँमा भएका छिटपुट घटनालाई लिएर सुरक्षाबारे अफवाह फैलाउने काम भएको छ, तर सुरक्षाको पूर्ण व्यवस्था गरिएको छ, ढुक्क भएर मतदान गर्न निर्वाचन आयोग अपिल गर्दछ ।’

आयोगले निर्वाचन सुरक्षाबारे सुरक्षा निकायका प्रमुख र सम्बन्धित अधिकारीहरुसँग निरन्तर छलफल गरिरहेको समेत जानकारी दिदै उनले मौन अवधि सुरु भएकोले सुरक्षाको पूर्णप्रत्याभूति दिलाउनका लागि विशेष किसिमको सुरक्षा व्यवस्था गरिएको बताए । ‘अब डर र त्रासको अवस्था छैन ।’ यादवले भने ।

उनले विशेष ठाउँमा विशेष कर्मचारी पठाउनको लागि सरकारले आयोगसँग सहमति लिएर नै सरुवा गरेको स्पष्ट पारे । यादवले थपे, ‘हामीसँग सहमति नलिएका कामहरु बदर हुन्छन्, हामी कारबाही गर्छौं ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्