कोरोना भाइरस संक्रमणको आशंकामा अर्घाखाँचीका दुई जना बुटवल रिफर



अर्घाखाँची । अर्घाखाँची अस्पतालमा कोरोना भाइरसको लक्षण देखिएपछि दुई जनालाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल रिफर गरिएको छ ।

रिफर हुनेमा शीतगंगा नगरपालिकाको सितापुरका २४ वर्षीय युवा र मालारानी गाउँपालिका खनका १९ वर्षीय एक युवकलाई हिजो साँझ रिफर गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए ।

६ दिनअघि भारतबाट आएका उनीहरु गाउँमा बिरामी भएका थिए । कोरोना भाइरसको त्रास बढिरहेका बेला मिल्दोजुल्दो लक्षण देखिएपछि जाँच गर्न बुटवल रिफर गरिएको डाक्टर गौतमले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्