रूसमा ७.५ म्याग्निच्युडको भूकम्प



काठमाडौं । रूसमा बुधबार ७.५ म्याग्निच्युडको भूकम्प गएको छ।रसिया टुडेले दिउँसोको समयमा सुदूर पूर्वी कुरिल टापुनजिकै भूकम्प गएको जनाएको छ।

भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ।प्यासिफिक सुनामी सेन्टरले भूकम्पपछि केन्द्रविन्दुदेखि १ हजार किलोमिटरसम्म सुनामी आउन सक्ने चेतावनी जारी गरेका छन्।

सुनामीले अमेरिकाको हवाई, जापान लगायतका क्षेत्रमा असर पुग्न सक्ने बताइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्