उपत्यकाका सबै बैंकका एक शाखा खुला



काठमाडौं । लकडाउनको समयमा पनि उपत्यकाका विभिन्न बैंकहरुले आफ्नो एउटा शाखा खुला राखेका छन् ।

बैंकहरुलाई निश्चित शाखा तोकेर सेवा नियमित गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएसँगै कर्मचारीको हितलाई ध्यानमा राखेर एउटा शाखा खोलेर सेवा दिन बैंकहरु तयार भएका हुन् ।

अत्यावश्यक सामाग्री खरिद गर्न सर्वसाधारणलाई अप्ठेरो नपरोस् भन्ने हिसाबले बैंकहरुले सेवा दिने राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टले बताए ।

लकडाउनका बेला नगद कारोबारको मात्रै बैंकले सेवा दिने बताइएको छ ।

उपत्यका बाहिरका बैंकले स्थानीय प्रशासनसँग समन्वय गरी अवस्था हेरेर निश्चित समयका लागि बन्द गर्ने वा खोल्ने निर्णय गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्