भारतबाट फर्किएका कपिलबस्तुका विभिन्न नाका बाट ४५ जना नेपाली क्वारेन्टाइन



कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि भारतसँग सीमाना जोडिएका कपिलबस्तुका सम्पूर्ण नाका बन्द भए लगत्तै सरकारले लकडाउन घोषणा गरेको बुधबार दोस्रो दिन पनि कपिलबस्तुको जनजीवन थप ठप्प रह्यो । विहानको समयमा मानिसहरू केही बाहिर निस्किए पनि अति आवश्यक बाहेक सम्पूर्ण सेवा बन्द रहेकाले कपिलबस्तु पुरै सुनसान बनेको थियो ।

त्यस्तै भारतबाट फर्किएका कपिलबस्तुका विभिन्न नाका बाट ४५ जना नेपालीलाई कोरोना भारईस संक्रमित भए नभएको यकिन गर्न स्वास्थ्य परिक्षण गरिएको र परिक्षणका लागि काठमान्डौ पठाउन नमुना रक्त समेत पठाइएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलेले जानकारी गराउनु भएकोे छ ।

कपिलबस्तुकोे मर्यादपुर सीमानाका बाट नेपाल फर्किनेक्रममा ८ जना, कृष्णनगर सीमानाका बाट ३६ जना र चाकरचौडा सीमानाका बाट १ जना गरी ३ महिला ४२ पु्रुष लगायत ४५ जनालाई कोरानाको शंकास्पद लक्षणहरु देखिए पछि उहाहरुलाई जिल्लाका बिभिन्न क्वारेन्टाईनमा राखिएको थियो ।

यसै गरि भारत देखि कृष्णनगर सीमानाका बाट फर्किएका ३६ जना मध्ये ७ जना अर्घाखाचीका रहेको हुदा उहाहरुलाई उनकै जिल्ला नजिकको क्वारेन्टाईनमा र ५ जनालाई कपिलबस्तुको महाराजगंज नगरपालिकामा पठाइएको प्रमुख जिल्ला अधिकारी पौडेलेले जानकारी गराउनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्