भारतबाट फर्किएका एक ब्यक्तिको पोखरामा मृत्यु



पोखरा । १२ दिनअघि भारतबाट फर्किएका कास्कीको रुपा गाउँपालिकाका एक जनाको पोखरामा मृत्यु भएको छ ।

रुपा गाउँपालिकाका ५० वर्षीय विश्ववन्धु नेपालीको बुधबार दिउँसो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

नेपालीलाई मंगलबारदेखि रुपा गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा राखिएको थियो । भारतको हैदराबादबाट फर्किएका उनी बुधबार बिहान खाना खाएर सुतेका थिए । अबेरसम्म पनि नउठेपछि नेपालीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको हो ।

नेपालीमा मुटु तथा कलेजोको समस्या रहेको परिवारका सदस्यले जानकारी दिएको रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।

उनका कोरोनाको कुनै संक्रमणको लक्षण नदेखिए पनि भारतबाट फर्किएका कारण मंगलबारदेखि क्वारेन्टाइनमा राखिएको रुपा गाउँपालिका अध्यक्ष ओझाले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्