दाङकी एक युवती आइसोलेसनमा



दाङ । गत चैत ६ गते कतारबाट आएका धादिङका एक युवामा कोरोना संक्रमणको पुष्टि भएपछि सँगै यात्रा गरेकी दाङकी एक युवतीलाई आइसोलेसनमा राखिएको छ ।

बुधबार दिउँसो साढे ४ बजेतिर २१ वर्षीया उनलाई प्रहरीको सहयोगमा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको आइसोलेसनमा ल्याएर राखिएको छ ।

बिहीबार बिहानै ती युवतीको परीक्षण नमुना लिनका लागि बुटवलबाट चिकित्सकको टोली तुलसीपुर आउने अस्पतालका सुपरिटेडन्डेन्ट डा सर्वेस शर्माले जानकारी दिए ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले ती युवती तुलसीपुर क्षेत्रकै भएको जानकारी दिए । ‘कतारबाट आएका दाङका दुई युवती रहेको खुलेपछि हामीले दिनभर खोजी गर्यौं,’ प्रजिअ रिजालले भने ‘अन्तिममा अर्की दाङकी नरहेको पुष्टि भयो ।’

यसैबीच दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल बुधबारदेखि प्रयोगमा आएको छ प्रमुख जिल्ला अधिकारी रिजालले पुरानो राप्ती अञ्चलकै आइसोलेसन केन्द्रको रुपमा उक्त अस्पताल प्रयोग हुने जानकारी दिए ।

तुलसीपुरस्थित बेलझुण्डी कोरोना विशेष अस्पतालको बुधबार प्रदेश नं. ५ का कानुन मन्त्री कुलप्रसाद केसीसहित चिकित्सक तथा पदाधिकारीले अनुगमन गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्