गढवामा भारतबाट अाएका ८ जना व्यक्तिलाई क्वारेन्टाइन र अाइसुलेसनमा पठाइयो



ओमप्रकाश गुप्ता, भालुवाङ। कोरोना भाइरस हुनबाट बच्न र बचाउन भारतका विभिन्न ठाउँबाट नेपाल अाएका ८ जना नागरिकलाई गढवा गाउँपालिका वडा नम्बर १ ले क्वारेन्टाइन र अाइसुलेसनमा पठाएको छ । गढवा गाउँपालिका वडा नम्बर १ रंङसिङ बस्ने अन्दाजी २२ वर्षिय गोपाल कुमाललाई बुटवल आइसुलेशनमा पठाइएको छ, सोही ठाउँका अन्दाजी २३ वर्षका जुनमान रोका र १८ वर्षका निर्मल कुमाललाई जनता मावि कालाकाटेको क्वारेन्टाइनमा राखिएको छ । त्यसै गरि ४० वर्षका गिरबहादुर रावल र १८ वर्षका राकेश रावल बाबु-छोरालाई बनघुस्री (होम क्वारेन्टाइनमा) राखिएको छ । भने १८ वर्षका बिष्णु कुमाल, २५ वर्षका पुरन कुमाल र ४० वर्षका कमल कुमाललाई वनवारी ( होम क्वारेन्टाइन)मा राखिएको गढवा गाउँपालिकाका प्रवक्ता तथा १ नम्बर वडा अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिएका छन् । उनीहरू सवै भारतको केरेला,पञ्जाप , राजिसथान र दार्जिलिङबाट आएको वडा अध्यक्ष अधिकारीले बताएका छन् ।

उनीहरू मध्ये गोपाल कुमाल चैत्र १ गते आएको र १० गते ज्वरो आएको थियोे । कुमालको रगत परिक्षणका लागि टेकु काठमाडौं पठाईएको र हाल सम्म रिपोर्ट नआइसकेको बताइएको छ । भने जुनमान पनि गोपाल संगै आएको र ज्वरो आएको हुँदा निजलाई बुटवलमा उपचार पश्चात कालाकाटे क्वारेन्टाइनमा राखिएको छ । दुवै जनालाई भारतबाट अाए देखि ज्वरो अाइरहेको वडा अध्यक्ष अधिकारी बताएका छन् ।

अन्य सबै २,३ दिन अघि घरमा आएको र वडा स्तरीय समन्वय समिति र स्वास्थ्य शाखा कर्मचारीको सुझाव बमोजिम घरमै क्वारेन्टाइनमा राखिएको बताइएको छ ।

घरमै अथवा होम क्वारेन्टाइनमा बस्नेहरूको भान्सा, बसाई, खानपिन-ट्वाइलेट, बाथरुम सबै अलग राखिएको वडा अध्यक्ष अधिकारीले जानकारी दिएका छन् । गढवा गाउँपालिकाले वडा नम्बर १ मा रहेको जनता मावि कालाकाटे, जनमुखी आधारभूत विद्यालय रंगसिङ र आधारभूत विद्यालय वनघुस्री र लक्ष्मी सामुदायिक वन जेठान गाउँमा क्वारेन्टाइन स्थापना गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्