चैत मसान्तसम्मको साँवा र व्याज तिर्नु नपर्ने (सरकारी निर्णयसहित)



सरकारले चैत मसान्तसम्मको बैंकिङ कर्जा र व्याज तिर्नुनपर्ने सहुलीयत दिएको छ । अर्थमन्त्री संयोजक रहेको उच्च स्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जसअनुसार बैँकिङ तथा गैर बैंकिङ वित्तीय संस्थाबाट लिइएको ऋणको भाका सर्ने भएको हो । साथै साँवा तथा ब्याज चैत मसान्तसम्म तिर्नु नपर्ने भएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण देशको अवस्था ठप्प भएसँगै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेहरुका लागि यस्तो व्यबस्था गरिएको जनाइएको छ ।

हेरौ बैठकको निर्णय :

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्