अधिकार पाउन बाम गठ बन्धनलाइ मत दिनुस -वलि



सैघाली खबर,

दाङ ८ मसिंर।

नेकपा माओबादी केन्द्रका संयोजक कुबेर वलिले आफ्ना अधिकार प्राप्त गर्न बाम गठ बन्धनलाइ मत दिन आग्रह गर्नुभएको छ । तुलसीपुरको भमकेमा भएको सभालाई सम्बोधन गर्दै मंसिर २१ गते सचेत भएर मत दिन आग्रह गर्नुभएको हो ।

यस्तै कार्यक्रममा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उमेदवार हिराचन्द्र केसिले दाङको बिकास र समृद्धका लागि बाम गठ बन्धनलाइ मत दिन आग्रह गर्नुभयो । त्यसैगरी कार्यक्रममा प्रदेश सभा सदस्य उत्तरकुमार वलिले जनताको पक्षमा सधै प्रतिबद्ध रहेको भन्दै बिश्वास गरेर मत दिन आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा नेकप एमालेका जिल्ला अध्यक्ष टिकाराम खड्का, प्रगतिशील कानुन ब्यबसायी दाङका सचिब ठाकुर वलिले बोल्नु भएको थियो ।

बाम गठ बन्धनले बबइ गाउपालिकाको चरकमटिया, शान्तिनगरको रगैचा, दङ्गिशरनको सलौरा, तुलसीपुरको भमके, शान्तिनगरको भलानेटीलगायतका क्षेत्रमा सभा, घरदैलो, भेटघाट कार्यक्रम भएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्