लागू औषध सहित एक जना पक्राउ



उर्मिला यादव सुनवल – पश्चिम् नवलपरासीमा लागू औषध सहित एक जना पक्राउ परेका छ्न। पक्राउ पर्नेमा बर्दघाट नगरपालिका १३ भटौलिया बस्ने ५९ बर्षिय सुरेन्द्र चमार रहेका छ्न ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार बुधबार साझ सरावल गाउपालिका ४ ललितपुर स्थित भित्री सडक खण्डमा प्रहरी चौकी गोबरहियाबाट खटिएको प्रहरी टोलिले दक्षिणबाट उत्तर तर्फ आउदै गरेको यु पि १६ एच ७५७१ नम्बरको मोटरसाइकल लाई रोकि चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार चमारको साथबाट स्पास्मो ५ सय ७६ टयाब्लेट, नाइट्राेभेट टेन ६ सय टयाब्लेट र ओनरेक्स ७० बोतल, “प्रती बोतल १ सय एमएल ” लागू औषध फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चमारलाई मोटरसाइकल सहित नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्