म्यानपावरले सरकारलाई १ करोड सहयोग गर्ने



नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारले खडा गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड रकम जम्मा गर्ने निर्णय गरेको छ ।संघले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत म्यानपावर व्यवसायीले राखेको नगद धरौटीको २५ प्रतिशत रकम (करिब ९५ करोड) को व्याजबाट प्राप्त हुने रकम मध्ये १ करोड रुपैंया उक्त सरकारी कोषमा जम्मा गर्ने निर्णय गरिएको संघका महासचिव सुजित श्रेष्ठले  थाहा अनलाइन लाई जानकारी दिए ।सरकारले म्यानपावर कम्पनीको धरौटी रकम बढाएर कामदार विदेश पठाउने संख्याका आधारमा नगद र बैंक ग्यारेन्टी गरि २ करोड, ४ करोड र ६ करोड धरौटी राख्नुपर्ने व्यवस्था गरेको थियो । सोहि अनुरुप म्यानपावर कम्पनीले ४ अर्व ३३ करोड नगद धरौटी राखेका थिए । उक्त नगद धरौटी रकमको १० प्रतिशत बराबर हुन आउने रकम ९५ करोडको (हालसम्मको) २५ प्रतिशत व्याज व्यवसायिक कल्याणकारी कोषमा आउने रकमबाट नै सरकारले खडा गरेको कोषमा रकम राख्ने निर्णय गरिएको श्रेष्ठले बताए ।चीनबाट शुरु भएको कोरोना भाइरस (कोभिड १९) का कारण यतिबेला विश्वमा महामारीको रुप लिइसकेको छ ।विश्वका महामारीको रुपमा कोरोना संक्रमण देखिईसकेको अवस्थामा नेपालमा पनि त्यसको प्रभाव देखिएकोले कोषको रकमलाई सरकारी कोषमा गरि सरकारलाई सहोयोग गर्न लागिएको उनले बताए । त्यस्तै अर्को १ करोड कामदार उद्धार कोषमा पनि जम्मा गर्ने निर्णय गरिएको उनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्