उपभोग्यवस्तु जनताका घरघरमै पुर्‍याउन सरकारको निर्देशन (विज्ञप्तिसहित)



काठमाण्डौँ, चैत्र १३

सरकारले उद्योगी/व्यवसायीलाई दैनिक उपभोग्य वस्तु नागरिकका घरघरमा पुर्‍याउन निर्देशन दिएको छ। उद्योग वाणिज्य महासंघका पदाधिकारी, काठमाडौंमा सुपरमार्केट, ग्रोसरी तथा विभिन्न होलसेल पसल सञ्चालन गर्नेहरूलाई लकडाउन अवधिभर उपभोक्ताको मागअनुसार घरघरमा खाद्यवस्तु पुर्‍याउन बिहीबार गृह मन्त्रालयले निर्देशन दिएको हो।

गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले बिहीबार उद्योगीरव्यवसायी, काठमाडौंमा सुपरमार्केटरग्रोसरी, खाद्य स्टोर सञ्चालन गर्ने तथा महानगरपालिका कार्यालयका पदाधिकारीलाई बोलाएर छलफल गरेको हो। लकडाउन अधिभर उपभोक्तालाई आवश्यकताअनुसार सामान होम डेलिभरी गर्न र स्थानीय प्रशासनसग समन्वय गरेर पास लिन गृहमले व्यवसायीलाई आग्रह गरेको छ।

‘उपभोग्य वस्तुको होम डेलिभरीमा महानगरपालिका, नगरपालिका तथा वडा कार्यालयबाट सहजीकरण गर्न गृहमन्त्रालयले निर्देशन दिएको छ। गृहले लकडाउन अवधिमार कुनै समस्या परे तथा कालोबजारी गरेको थाहा पाए ११४९ नम्बरमा वा सुरक्षाकर्मी र सम्बन्धित सरकारी कार्यालयमा खबर गर्न पनि सर्वसाधारणलाई अपिल गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्