भारतमा विशेष आर्थिक प्याकेज घोषणा, विपन्नलाई तीन महीना खाद्यान्न सित्तैमा



काठमाडौं । कोरोनाभाइरस (कोभिड-१९)महामारीका कारण भारतले मंगलबारदेखि २१ दिनसम्म देशभर (लकडाउन) लागू गरेको छ। यसले सार्वजनिक जीवन ठप्प भएसँगै उद्यम(व्यापार रोकिएको छ भने दैनिक मजदुरी गरेर खानेहरुको गाँस खोसिएको छ। यसैबीच, भारत सरकारले बन्दाबन्दीको असरलाई दृष्टिगत गरी आज (बिहीबार) विशेष आर्थिक प्याकेजको घोषणा गरेको छ।

भारतीय वित्त मन्त्री निर्मला सीतारमणले भारु १ लाख ७० हजार करोडको आर्थिक प्याकेज घोषणा गर्दै ८० करोड गरीबलाई आउँदो तीन महीनासम्म खाद्यान्न उपलब्ध गराउने बताएकी छन्। तीन महीनासम्म पिठो वा चामल र दाल दिइनेछ।

यसबाहेक विपन्न महिलाहरुलाई ग्यास सिलिण्डर पनि दिइने बिबिसी हिन्दीले जनाएको छ। उज्ज्वला योजनाका लाभार्थी आठ करोड महिलालाई तीन महीनासम्म ग्यास सिलिण्डर निस्शुल्क उपलब्ध गराइने जनाइएको छ।

वित्त मन्त्री सीतारमणले पत्रकार सम्मेलनमा भनिन्, प्रवासी मजदुर र शहर तथा ग्रामीण भेगका गरीबहरुलाई तत्काल राहतका लागि प्याकेज तयार छ, कोही पनि भोकै रहँदैनन्।

यस्तै, २० करोड महिला जनधन खातामा आउँदो तीन महीनासम्म भारु ५र५ सय पठाइने योजना छ।

किसानलाई पनि आर्थिक सहायता दिने घोषणा गरिएको छ। वित्त मन्त्रीले भनिन्, ूकिसानहरुको खातामा हरेक महीना भारु २ हजार हालिनेछ। ८ लाख ७० हजार किसानको खातामा अप्रिलको पहिलो साता यो रकम पठाइनेछ।ू

कर्मचारी भविष्य निधि ९ईसीएफ० बारे पनि विशेष घोषणा गरिएको छ। यस अन्तर्गत तीन महीनासम्म कम्पनी र कर्मचारी दुवैको हिस्साको योगदान सरकारले गर्ने भएको छ। १०० भन्दा थोरै कर्मचारी रहेका र तीमध्ये ९० प्रतिशत कर्मचारीको तलब १५ हजारभन्दा थोरै रहेका संस्थानहरुमा यो नीति लागू हुने जनाइएको छ।

सरकारले कोरोनाभाइरसको उपचारमा संलग्न स्वास्थ्यकर्मी र अन्य कमर्चारीका लागि ५० लाखको बिमा व्यहोर्ने घोषणा पनि गरेको छ। यसबाट २० लाख कर्मचारीले लाभ पाउन सक्नेछन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्