कोरोना नियन्त्रणका लागि प्रदेश २ मा पच्चीस करोड रुपैयाँको राहत कोष स्थापना



धनुषा ।कोरोना भाइरस (कोभिड १९)को नियन्त्रण तथा प्रभावित व्यक्तिहरुका राहतका लागि प्रदेश २ सरकारले २५ करोड रुपैयाँ बराबरको राहत कोष स्थापना गरेको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकबाट २५ करोड रुपैयाँको राहतकोष स्थापना र त्यस कोषमा सम्पूर्ण मन्त्रीहरुको एक महिनाको तलब राख्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले बताउनुभयो ।

उहाँले राहत कोषमा सहयोग गर्न समाजिक संघ संस्था, प्रदेशका व्यापारिक घराना एवं इच्छुक व्यक्तिहरुलाई आह्वान समेत गरिने बताउनुभयो ।

यसका साथै मन्त्रिपरिषदले प्रादेशिक अस्पताल जनकपुर, विरगंज र राजविराजमा कोरोनासम्बन्धी जाँच गर्ने ल्याबको स्थापना गर्ने निर्णयसमेत गरेको प्रवक्ता यादवले जानकारी दिनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्