लकडाउनले मस्जिद पनि शून्य, मुस्लिम समुदाय घरमै नमाज पढ्ने



टेकबहादुर पुन,

दाङ्ग । मुस्लिम समुदायको महत्व पुर्ण दिन शुक्रबार । जसलाई उक्त समुदायले जुम्मा पनि भन्ने गर्छन् । सोही दिन मुस्लिम समुदाय हरु मस्जिदमा जम्मा भई नमाज (प्राथना) गर्ने गर्छन् । तर, नेपाल सरकारले लकडाउन गरेको प्रस्थितिमा मुस्लिम समुदाय हरु नमाजका लागी शुक्रबार भेला नहुने भएका हुन् । सरकारको लकडाउनलाई अात्मसाथ गर्दै उनिहरु अा-अाफ्नै घरमा नमाज पढ्ने छन् । नमाजका लागि शुक्रबार मस्जिदमा ३/४ सय जना उपस्थित हुने भएकाले सो कार्य सरकारको बिपरित हुने हुँदा लकडाउन अबधीभर उनिहरु घरमै बसेर नमाज पढ्ने छन् । नेपाल मुस्लिम सँघका केन्द्रिय सदस्य नवाफ अलि, मदर्श अहले सुन्नत फैजाने रजा का अध्यक्ष जमाल अली द्वारा बुधबार जारी गरिएको बिज्ञप्तीमा उक्त कुरा उल्लेख छ ।

नेपाल मुस्लिम सँघका केन्द्रिय सदस्य नवाफ अलिले भने सरकारको लकडाउन लाई पुर्ण समर्थन गर्दै हामी शुक्रबार मस्जिदमा उपस्थित हुने छैनौ,हामीले सबै मुस्लिम समुदायलाई सोही अाग्रह गरिरहेका छौँ । साथै उनले लकडाउनको अबधीमा समस्यामा पर्ने मानिस हरुलाई खाद्यान्न सहयोग गर्नेपनि बताए । मदर्श अहले सुन्नत फैजाने रजा लमहीले लकडाउनले गर्दा समस्यामा परेका परिवारका लागि खाद्यान्न सहयोग गर्ने जनाएको छ । बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाईरसलाई फैलिन नदिन नेपाल सरकारले चैत ११ देखी १८ गते सम्म ७ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्