कोरोनाको महामारीः ज्यान गुमाउनेको संख्या २२ हजार पुग्यो, सबैभन्दा बढी इटाली र स्पेनमा



काडमाडौं । कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २२ हजार नाघेको छ। बिहीबार साँझसम्म २२ हजार ७१ जनाले ज्यान गुमाएका छन्।

हालसम्म इटालीमा ७ हजार पाँच सय ३, स्पेनमा ४ हजार ८९, चीनमा ३ हजार २ सय ८७ र इरानमा २ हजार २ सय ३४ जनाको मृत्यु भएको छ। फ्रान्समा एक हजार तीन सय ३१ र अमेरिकामा १ हजार ३६ जनाले ज्यान गुमाएका छन्।

विश्वभर संक्रमितको संख्या चार लाख ८८ हजार, तीन सय ४५ पुगेको छ। यीमध्ये एक लाख १७ हजार ६ सय ८ जना निको भएका छन्। तीन लाख ६८ हजार ६ सय ६६ जना संक्रमितको उपचार भइरहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्