बेलायतमा कोरोनाबाट थप एक जना नेपालीको मृत्यु



काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट थप एक जना नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लण्डनको साउथ इस्ट क्षेत्रमा बस्दै आएका चितवन बसेनी घर भएका ४० वर्षीय प्रशान्त अर्याल रहेका छन् ।

उपचारको क्रममा अर्यालको गत सोमबार मृत्यु भएको भएपनि अस्पतालले उनमा कोरोना संक्रमण रहेको पुष्टि बिहीबार मात्र गरेको गैरआवसीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय समिति ९आइसीसी० सदस्य रामशरण सिँखडाले अनलाइनखबरलाई जानकारी दिए ।

शनिबार अचानक स्वास्थ्यमा खराबी देखिएपछि उनलाई उपचारका लागि स्थानीय क्वीन एलिजावेथ अस्पताल पुर्‍याइएको थियो ।बेलायस्थित नपाली दूतावासका प्रवक्ता शरदराज आरणले बेलायतमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको पुष्टि गरे ।

यसअघि पनि कोभिड–१९ को संक्रमणबाट पुर्ख्यौली घर संखुवासभा घर भएका लण्डनको ह्यारो निवासी ६६ वर्षीय पूर्वगोर्खा सैनिक लीलाबहादुर राईको मृत्यु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्