तेह्रथुमको बसन्तपुरमा कोरोना संक्रमीत आशंकामा ३ जना क्वारेनटाईनमा भर्ना



इन्द्र नेपाली तेह्रथुम – कोरोना भाईरस संक्रमीत भएको आशंकामा लालीगुराँस नगरपालिका केन्द्र बसन्तपुर बाट ३ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर क्वारेनटाईनमा राखीएको छ । भारतको पश्चिम वंगाल बाट कांकडभिट्टा नाका हुदै तेह्रथुमको बसन्तपुर आईपुगेका उनीहरु मध्ये एक जनालाई रुघा खोकी सहित उच्च ज्वरो देखा परेपछि नियन्त्रणमा लिएर क्वारेनटाईनमा राखीएको लालीगुराँस नगरपालिका स्वास्थ्य शाखा संयोजक शत्रुघन प्रसाद शाहले वताउनु भएको छ।

भारतको पश्चिम वंगाल राज्य दार्जिलिङ जिल्ला बतासी ग्राममञ्चायतका ३८ बर्षिय शुसिल विश्वास लाई कोरोना भाईरस संक्रमीत भएको आशंकामा बसन्uत मावीमा नगरपालिकाले तयार गरेको क्वारेन्टाईनमा भर्ना गरीएको संयोजक शाहले जानकारी दिनु भएको छ। विश्वासको शरिरमा १ सय २ डिग्री फरेनहाईट ज्वरो आएको उनले वताउनु भएको छ ।

उनलाई रुघा, खोकी र उच्च ज्वरो आएको स्वास्थ्यकर्मीको भनाई छ । विश्वास ६ दिन अघि भारतमा रहेको उनको घर बाट बसन्तपुर आएका थिए । उनी संगै रहेका अन्य दुईजनालाई पनि क्वारेनटाईनमै राखीएको छ । उनीहरुलाई भने विश्वासमा जस्तो संक्रमणको संकेत देखीएको छैन । यि दुवैले विरामी विश्वासको हेराचाह गरीरहेका छन् ।

विश्वास सहितको यो समुह विगद केही बर्ष देखी बसन्तपुरमा बसेर फर्निचरको काम गर्दै आएका थिए । क्वारेनटाईनमा राखीएका भारतीय नागरीक विश्वासको स्वास्थ्य उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बसन्तपुर बाट दुई जना स्वास्थ्यकर्मी सहितको टोलीले उपचार गरीरहेको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्