नेकपा नगर अध्यक्ष जावेद आलम खां को अगुवाईमा मास्क वितरण



अजय मिश्र, कृष्णनगर, कपिलवस्तु – कोरोना भाइरस विश्व भरिमा महामारी को रूप लिएको छ भने कतिपय देशमा यस भाइरस बाट ज्यान समेत गुमाएका छन त कतिपै देशमा यस रोग बाट मानिसहरु को उपचार पनि भइ रहेको छ।
यो सबै मध्य नजर गरी कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नेकपा नगर अध्यक्ष जावेद आलम खां र मदरसा बोर्ड प्रदेश नम्बर ५ उपाध्यक्ष मौलाना मसहूद खां नेपालीको नेतृत्वमा मास्क वितरण गरिएको छ।

कृष्णनगर नगरपालिका वडा नं ३ चैपुरवा र वडा नं ११ पटना गाउँमा माक्स वितरण गरिएको छ र सम्पूर्ण व्यक्तिलाई नेपाल सरकार को निर्देशन पालना गर्न समेत आग्रह गरे।
हेरा एजुकेशनल एन्ड वेल्फेर सोसाइटी का उपाध्यक्ष शेख अरसद मक्की,शेख जैस मक्की, कृष्णनगर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सगीर अहमद खान समेत को सहयोग मा उक्त मास्क वितरण गरिएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्