रुकुममा जिप दुर्घटना हुँदा ७ जनाको ज्यान मृत्यु



सैघाली खबर
रुकुम,९ मंसिर

रुकुममा जिप दुर्घटना हुँदा  ७ जनाको ज्यान गएको छ । पुर्वी रुकुमको सदरमुकाम रुकुमकोट बाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट तर्फ गइरहेको ग १ ज ४२६० नम्वरको जीप मुसीकोट नगरपालिकाको वडा नं. ६ साँख कालिमाटीमा दुर्घटनामा भएको हो ।


दुर्घटनामा परि मुसीकोट नगरपालिका वडा नं. १ का जनक शाह, सुदन श्रेष्ठ, शेरवहादुर श्रेष्ठ र मुसीकोट नगरपालिका वडा नं. ४ की सुधा मल्ल, त्रिवेणी गाँउपालिका वडा नं.१ की यमुना मल्ल र रुकुमकोट निवासी प्रहरी इनिस्पेक्टर नविन श्रेष्ठ र उनकी पत्नी प्रहरी इनिस्पेक्टर अनिता प्रधानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि चालक प्रेम थापा, सहचालक रुकुम मग्मा निवासी प्रेम केसी र वर्दिया निवासी टेक वहादुर खत्री गम्भीर घाइते भएका छन् । घाइते हरुको रुकुमको जिल्ला अस्पत्ताल सल्लेमा प्रारम्भीक उपचार गरि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।

दुघर्टनामा परेको जीप मध्यपहाडी लोकमार्गवाट झण्डै एक सय मिटर तल पुगेको वताईएको छ । दुर्घटनामा परि मृत्यु भएका प्रहरी इनिस्पेक्टर नविन श्रेष्ठ र उनकी पत्नी प्रहरी इनिस्पेक्टर अनिता प्रधानको तीन दिन अघि मात्र धुमधाम संग बिबाह भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्