एमाले अध्यक्ष केपी शर्मा ओलीको घरअगाडि बम विस्फोट



सैघाली खबर
दमक,९ मंसिर

दमक–५ स्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको घरअगाडि बम विस्फोट भएको छ भने सोही स्थानमा राखिएको अर्को बम नेपाली सेनाको टोलीले निस्क्रिय पार्दैछ। शनिबार बिहान सवा चार बजे ओलीनिवासको मूलद्वारअगाडि सुतली बम विस्फोट भएको हो।

विस्फोटबाट कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय दमकका नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए। नजिकै राखिएको अर्को सुतली बम भने नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्ने तयारी गर्दैछ।

एमाले अध्यक्ष ओलीको सो घरमा दमक नगरपालिकाका प्रमुख रोमनाथ अधिकारीको परिवार बस्दै आएको छ। ओली झापा आएका बेला यही घरमा बस्ने गरेका छन्।आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीका लागि ओली केही दिनपछि घर आउन लागेका छन्। प्रहरीले निर्वाचनलाई दृष्टिगत गरी जिल्लाको सुरक्षा कडा पारेको बताउँदै आएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्