सैघाली खबर
काठमाडौं,९ मंसिर
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि लाई निमोनिया भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि केहि दिन अघि काठमाडौंको चाबहिलमा रहेको ओम अस्पतालमा भर्ना हुनु भएका निधिलाई फोक्सोमा संक्रमण र निमोनिया देखिएको उहाँको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।
निधीले अझै एक हप्ता अस्पताल बस्नुपर्ने छ । एक हप्तादेखि ज्वरो आइरहेपछि निधि धनुषाको चुनावी प्रचार छोडेर मंसिर ४ गते अस्पताल भर्ना हुनुभएको थियो ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।