मुख्य समाचार

मतदान हुने पुर्वी नेपालका हिमाल क्षेत्रमा भोली हलका हिमपात हुने

By थाहा अनलाइन

November 25, 2017

सैघाली खबर काठमाडौं,९ मंसिर

भोली निर्वाचन हुने उच्च पहाडी तथा हिमाल क्षेत्रमा चिसो बढ्दै गएको मौसिम पुर्वानुमान महासाखाले जनाएको छ ।

प्रतिनिधि तथा प्रदेसशभा सदस्यका लागी भोली पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका उच्च पहाडी तथा हिमाल क्षेत्रमा चिसो बढ्दै गएको मौसम पुर्वानुमान माहासाखाले जानकारी दिएको हो ।

चिसो बढेपनि मतदान प्रकृयामा त्यस्तो केहि असर नपर्ने मौसमविद् विभुती पोखरेलले जानकारी दिनुभयो । मध्य तथा पश्चिम क्षेत्रको तुलनामा पुर्वी जिल्लाका हिमाल क्षेत्रमा हलका हिमपात हुने सम्भावन रहेको उहाँले बताउनुभयो । अन्य पहाडी क्षेत्रमा भने भोली दिनभरी मौसम सफा रहने उहाँको भनाई छ ।