नुवाकोटमा विदेशबाट फर्किएका ३२ जना होम क्वारेन्टाइनमा



नुवाकोट, चैत्र १४
जिल्लामा विदेशबाट फर्किएकाको लगत संकलन गरी होम क्वारेन्टाइनमा राख्न थालिएको छ । कोरोना भाइरस (कोभिड—१९) को संक्रमणको खतरालाई न्यूनीकरण गर्न बिहीबारसम्म ३२ जनालाई होम क्वारेन्टाइनमा राखिएको जिल्ला सुरक्षा समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए ।

विदेशबाट फर्किनेमा सबैभन्दा बढी विदुर नगरपालिकाभित्रका छन् । नगरपालिकामा २२ जना विदेशबाट आएको तथ्यांक छ । त्यसैगरी तादी गाउँपालिकामा १ जना, तारकेश्वरमा ३ जना, लिखु गाउँपालिकामा ३ जना र बेलकोटगढी नगरपालिकामा ३ जना रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्