‘लक डाउन’ पालना गराउन बाटो अवरुद्ध गराउदैँ नुवाकोटका स्थानिय



नुवाकोट,चैत्र १४
विश्वव्यापी महामारीको रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई रोक्न र लक डाउन पालना गराउन सुन्दरीटार यूवा क्लव लिखु २ ले गाउँमा छिर्ने सडक बन्द गरेका छन् ।

सरकारले चैत्र ११ गते बाट सुरुगरेको लक डाउनको कार्यन्वयन नगरि गाउँमा जथाभावी हिडेको भन्दै लिखु गाउपालिका वडा नं २ छिर्ने नाका बन्द गरिएको क्लबका कोषाध्यक्ष केदार ढकालले बताए । बाटोमा आकस्मिक यात्रामा रहेकालाई भने आवतजावतको व्यवस्था क्लबले गर्ने उनले बताए ।

लक डाउनको समयमा जथाभावी ठुला तथा साना सवारी साधन चलाउने, आवत जावत गर्नेको संख्या बढेको भनेर लिखु गाउपालिका वडा नं २ छिर्ने सडकखण्ड बन्द गरिएको सुन्दरीटार यूवा क्लवका अध्यक्ष चिरञ्जिवी लामिछानेले बताए । लक डाउनलाई समेत अटेर गरी एक ठाउँबाट अर्को ठाउँमा मानिसहरु आफ्नैँ तरिकाबाट आवतजावत गर्न थाले पछि बाटो नै अवरुद्ध गर्नु परेको उनले बताए ।

कोरोना संक्रमणको त्रास बढे संगै एक वडा बाट अर्को वडा आवतजावतमा पनि रोक लगाउँन थालिएको छ । वडा नं २ छिर्ने नाका बन्द गर्न क्लव लाई वडा नं २ का स्थानिय, समाजसेवी,जनप्रतिनिधि लगाएतले सहयोग गरेका छन् । त्यस्तै नुवाकोटका अन्य स्थानिय तहमा पनि बाटो नै अवरुद्ध गराएर स्थानियले सर्तकता अपनाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्