इजिप्टमा आतंकवादी आक्रमणमा परी मारिनेको संख्या २ सय ३५ पुग्यो



सैघाली खबर
काठमाडौं,९ मंसिर

इजिप्टको एक मस्जीदमा गराइएको आतंकवादी आक्रमणमा परी मारिनेको संख्या २ सय ३५ पुगेको छ ।राष्ट्रपति अब्दुल फतह अल सिसिले भने साइनाइस्थित मस्जीदमा गरिएको आक्रमणको पूर्ण शक्तिका साथ बदला लिइने चेतावनी दिनुभएको छ ।

सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ ।बन्दूकधारीहरुले उत्तरी गाउँ अल–रावडामा रहेको सो मस्जिदमा प्रवेश गरी बम पड्काएको र घाइतेको उद्धारका लागि आएका एम्बुलेन्सहरु माथि गोली चलाएको बताईएको छ ।

मारिनेमा अधिकांश पुरुष, महिला तथा बालबालिका छन् ।आक्रमणकारीले उक्त मस्जिदमा आउने सुफी समुदायलाई निशानामा पारेको हुन सक्ने बताइएको छ ।

चार वटा गाडीमा आएका हतियारधारीले नमाज पढिरहेका सर्वसाधारण माथि गोली प्रहार गरेका थिए । आक्रमणको कसैले जिम्मा लिएको छैन । तर यसअघि पनि साइनाइ प्रायद्वीपमा आफुलाई इस्लामिक स्टेट बताउने समूहले आक्रमण गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्