बिगतको निरन्तरताको चुनाब होईन -अपार



दिपक बोहरा, तुलसीपुर ९ मंसिर ।
बामगठबन्धनका तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रदेशसभा १ का उम्मेदवार जग प्रसाद शर्मा ‘अपार’ले अहिलेको चुनाब बिगतको निरन्तरताको जस्तो चुनाब नभएको बताएका छन् । तुलसीपुर १३ का बिभिन्न स्थानमा भएको चुनाबी सभालाई सम्बोधन गर्दै उनले अहिलेको चुनाब भनेको मुलुकलाई बिकसित र समृद्ध बनाउने चुनाब भएको बताए ।

पहिले संबिधान निर्माण गर्ने चुनाब थियो भने अहिले नयाँ संबिधान कार्यान्वयन गरी मुलुकलाई बिकास र समृद्धि तिर लैजाने चुनाब भएको उनले बताए । अब देशलाई समृद्ध र बिकसित बनाउन स्थायी सरकार निर्माण हुनुपर्ने भन्दै त्यसका लागि बामपन्थिको दुई तिहाई बहुमत हुनुपर्ने बताए । मुलुकका दुई ठुला पार्टी माओवादी केन्द्र र एमाले एक भएपछि सबै ठाउ बामपन्थिको जित हात पार्ने भन्दै ५ बर्ष पछि मुलुकलाई बिकसित र सम्बृद्ध बनाउने बताए ।

कार्यक्रममा उनले ठूलो संघर्षपश्चात् प्राप्त भएको संविधानका प्रावधानलाई ठोस कार्यान्वयनमा ल्याएर मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिए । मुलुकलाई समृद्धिको बाटोमा लैजाने राम्रो परिपाटी बसाउन गठबन्धन बनाएको उल्लेख गर्दै उनले वामपन्थी, प्रगतिशील र देशभक्तको गठबन्धनले देशमा ठूलो परिवर्तन ल्याउने दाबी गरे ।

जनता विवेकवान र प्रष्ट भएको आफूले पाएको बताउँदै उनले भने ‘जनयुद्ध समापन भयो, संविधान पनि बन्यो, अब संविधानको कार्यान्वयन गर्दै समृद्धि चाहियो भन्ने जनताको माग छ ।’

चुनाब प्रचार अभियान अन्तरगत शुक्रबार तुलसीपुर १३ को फुलबारी, सिमलखुट्टी, रणीयापुर, बराखुट्टी, गिधनिया, मझघटुवा, अम्बापुरलगायतका स्थानमा चुनाबी सभा भएको हो ।
चुनाबी अभियानमा एमाले नेता शोभाराम बस्नेत, पुर्बसांसद अनारकली मिँया, एमाले नेता कृष्ण भुषाल, माओवादी केन्द्रका नेता खुसीराम चौधरीलगायतको सहभागीता रहेको थियो ।

यसैबीच तरुणदल तुलसीपुर १३ का वडा सभापति सहित दुई दर्जन काग्रेसका कार्यकर्ता माओवादी केन्द्रमा प्रबेश गरेका छन् । वडा सभापति यम बहादुर वलीसहितका कार्यकर्ता माओवादी केन्द्रमा प्रबेश गरेका हुन् ।

(((((((((((((((((((((

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्