नोबेल विजेता वैज्ञानिक भन्छन कोरोना सोचेभन्दा छिटो नियन्त्रण हुन्छ

। 


काठमाडौं। नोबेल पुरस्कारबाट सम्मानित तथा स्टेनफोर्ड बायोफिजिसिस्ट वैज्ञानिक माइकल लेविटका अनुसार विश्वमा कोरोनाभाइरसको सबैभन्दा ठूलो प्रकोप समाप्त भइसकेको छ । उनका अनुसार कोरोनाभाइरसबाट जतिसम्म खराब अवस्था हुन सक्थ्यो त्यो भइसकेको छ अव विस्तारै यसमा सुधार हुँदै जानेछ । लस एन्जल्स टाइम्ससँग कुरा वैज्ञानिक लेविटले भने ‘वास्तविक स्थिति त्यति भयावह छैन जति भयावह हुने आशंका गरिएको थियो ।’ जताततै डर र चिन्ताको माहोलमा लेविटको यो भनाइले धेरै आशाको संचार गरेको छ ।उनको बयान यसकारण पनि अहम छ किनकि यसअघि चीनमा कोरोनाभाइरसको संक्रमण र यसको नियन्त्रणका विषयमा उनले एकदमै सटिक भविष्यवाणी गरेका थिए । विश्वभरीका तमाम स्वास्थ्य विशेषज्ञहरुले चीनलाई कोरोनाभाइरसमाति नियन्त्रण पाउन निकै लामो समय लाग्ने बताइरहँदा लेविटले यसबारे एकदमै सटिक आँकलन गरेका थिए । लेविटले फेब्रुअरीमा लेखेका थिए ‘हरेक दिन कोरोनाका नयाँ मामिलामा गिरावट देखिएको छ ।यसबाट यो साबित हुन्छ कि आगामी हप्तामा कोरोनाभाइरसबाट हुने मृत्युको दर घट्न थाल्नेछ ।ठ्याक्कै उनको भविष्यवाणी अनुसार हरेक दिन मृत्युको संख्याकमा कमी आउन थाल्यो । विश्वको अनुमानको विपरित चीन छिटै कोरोनाभाइरसमाथि नियन्त्रण पाउँदै फेरि उठ्यो । दुई महिनाको लकडाउनपछि कोरोनाभाइरसबाट सबैभन्दा प्रभावित हुबेइ प्रान्त पनि खुलेको छ । लेविटले चीनमा ८० हजार संक्रमण र ३२ हजार ५ सय मृत्युको अनुमान गरेका थिए जबकि अन्य विशेषज्ञले लाखौंमा अनुमान गरेका थिए । लेविटको भविष्यवाणी आजसम्म आइपुग्दा एकदमै सटिक छ ।अहिले लेविटले पूरै विश्वमा समेत चीनको जस्तै ट्रेण्ड देखिने भविष्यवाणी गरेका छन् । अहिले ७८ देशमा हरेक दिन कम्तीमा ५० नयाँ संक्रमित देखिएका छन् । यो तथ्यांकको विष्लेषणपछि लेविटले अधिकांश देशहरुमा प्रकोपमा कमी आएको संकेत देखिएको बताएका छन् । उनको गणना हरेक देशमा देखिइसकेका संक्रमितको आधारमा नभइ नयाँ थपिएका संक्रमितको संख्यामा आधारित छ । लेविटले भने ‘चीन र दक्षिण कोरियामा नयाँ संक्रमणका केस लगातार घटिरहेका छन् । आँकडा अहिले पनि चिन्ताजनक छ तर यसमा वृद्धिदरमा लगातार गिरावट आइरहेको प्रस्ट संकेत देखिएका छन् ।वैज्ञानिक लेविट यो कुरा पनि मान्छन् कि आँकडा अलग हुन सक्छन् र कैयौं देशबाट आधिकारिक आँकडा यसकारण धेरै कम छन् किनकि त्यहाँ परीक्षण कम भइरहेका छन् । यद्यपि उनी मान्छन् कि अधुरो आँकडाका बावजुद लगातार गिरावटको यहप् अर्थ हो कि केही छ जले काम गरिरहेको छ र यो केवल अंकको खेल होइन । उनको यो निष्कर्ष विश्वभरका मानिसहरुको लागि आशाको किरण बनेर आएको छ ।लेविट सबै देशबाट कोरोनाभाइरसलाई जरैदेखि समाप्त पार्ने विषयमा पनि जोड दिन्छन् । उनका अनुसार सामाजिक दूरी सबैभन्दा जरुरी छ, खासगरी यो कुरा ख्याल गर्नुपर्छ कि ठूलो संख्यामा मानिसहरु एक ठाउँ जम्मा नहोउन् किनकि अधिकांश मानिसहरुमा यो भाइरससँग लड्ने प्रतिरोधी क्षमता नै छैन र भ्याक्सिन बन्न अझै लामो समय लाग्नेछ । उनका अनुसार लक्ष्यसम्म पुग्नको लागि सुरुवातमै संक्रमितको पहिचान गर्नु आवश्यक छ । यसका लागि केवल परीक्षणले चल्दैन । यसका लागि बडी टेम्प्रेचर सर्भिलांसको आवश्यकता छ जो चीनले लागू गरिरहेको छ र सुरुवातमै सोसल आइसोलेसन गरिरहेको छ ।उनका अनुसार इटलीको भ्याक्सिन विरोधी मानसिकता नै शायद बलियो कारण थियो जसका कारण यहाँ भाइरस यति तीव्र रुपमा फैलियो । फ्लु विरुद्ध भ्याक्सिन लिनु जरुरी छ किनकि फ्लुको महामारीका बीच कोरोनाले नराम्रोसँग आक्रमण गर्न सक्छ र अस्पतालमा बिरामीको संख्या बढ्न सक्छ । लेविटले तनाव नियन्त्रण सबैभन्दा महत्वपूर्ण भएको भनेका छन २०१३ मा रसायनशास्त्रमा नोबेल पुरस्कार जित्ने लेविट कोरोनाभाइरसबाट सुस्त भएको आर्थिक प्रगतिका विषयमा धेरै चिन्तित छन

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्