बहुमतिय प्रक्रियाबाट प्रधानमन्त्री छान्न आज निर्वाचन हुँदै ।।



sansad

 

जेष्ठ,२१,
बहुमतिय प्रक्रियाबाट प्रधानमन्त्री छान्न आज निर्वाचन हुँदैछ । प्रधानमन्त्री पदमा कांग्रेस सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी दर्ता भएको छ । एक्ला उम्मेदवार भएपनि बहुमतिय प्रक्रियाबाट निर्वाचित हुनपर्ने प्रावधान रहेको छ । समय तालिका अनुसार आज बिहान ११ बजे व्यवसथापिका संसदको बैठकमा प्रधानमन्त्रीका लागि निर्वाचन प्रक्रिया सुरु हुनेछ । भरतपुर महानगरपालिकाको एउटा वडामा पुनःमतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई लिएर प्रमुख प्रतिपक्षी एमालेले संसद् प्रक्रिया अवरोध गर्ने भएपछि प्रधानमन्त्री चयन प्रक्रिया अनिश्चित बनेको छ । कुल ५९३ सदस्य रहेको वर्तमान संसदमा देउवाले विजयका लागि कमसेकम २९७ मत हासिल गर्न आवश्यक हुन्छ । देउवालाई समर्थन गरिसकेका दलहरूसँग अहिले नै ३०८ मत छ । हिजो बिहान ११ बजेर ३० मिनेटमा देउवाले संसद् सचिवालयमा उम्मेदवारी दर्ता गर्नुभएको हो । राष्ट्रिय जनता पार्टी र प्रजातन्त्र पार्टीले पनि देउवालाई समर्थन गर्ने संकेत गरेको छ । राजपा र राप्रपाले आज बिहान पार्टी बैठक बोलाएर औपचारिक निर्णय गर्ने प्रतिबद्धता जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्