महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु



सैघाली खबर,
काठमाडौं,९ – मंसिर। ‘लैगिंक हिंसा अन्त्यका लागि सबै जुटौँ कोही नछुटौँ’ भन्ने नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान शनिबारदेखि सुरु भएको छ ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने अभियानमा महिला, बालिबालिका तथा समाजकल्याण मन्त्रालयसहित विभिन्न गैरसरकारी संस्थाको सहभागितामा चेतनामुलक कार्यक्रम हुने गरेका छन् ।
महिला हिंसा विरुद्धका कार्यक्रम भैरहे पनि हिंसाका घटना भने रोकिएको छैन । महिला आफ्नै अभिभावक, श्रीमान र समाजबाट पीडित हुने गरेका घटना सार्वजनिक भैरहेका छन् ।
तर पछिल्ला वर्षहरुमा हिंसा सहनु हुँदैन भन्ने चेतना बढेको र सञ्चारमाध्यमले पनि महिला हिंसाका घटनालाई बाहिर ल्याउन प्राथमिकता दिने गरेकाले संख्या बढेको देखिएको महिला अधिकारकर्मीहरुको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्