कोरोनाबारे भ्रम फैलाउने ३ वटा वेबसाइट बन्द, ११ वटालाई नेपालभर हेर्न नमिल्ने बनायो



काठमाडौं । कोरोना भाइरसबारे भ्रम फैलाउने ३ वटा वेवसाइट बन्द गराइएको प्रेस काउन्सिलले जनाएको छ ।

काउन्सिलका अनुसार ३ वटा वेबसाइट बन्द गराइएको छ, ३ वटालाई आपत्तिजनक सामग्री हटाएर २४ घन्टाभित्र स्पष्टिकरण दिन भनिएको छ ।

यस्तै सूचिकृत नभइ सञ्चालनमा रहेर कोरोनाबारे भ्रम फैलाउने र डर पैदा गर्ने ११ वटा अनलाइनलाइ नेपालभर हेर्न नमिल्ने बनाइएको प्रेस काउन्सिलले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्