लोकतन्त्र रक्षाका लागि काँग्रेसको बहुमत आवश्यक – विजयकुमार गच्छदार



सैघाली खबर,
इनरुवा, ९ मंसिर। नेपाली काँग्रेसका नेता तथा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले लोकतन्त्र रक्षाका लागि काँग्रेसको बहुमत आवश्यक रहेको बताउनुभएको छ । सुनसरी दुहबी नगरपालिकामा शुक्रवार सम्पन्न पार्टी प्रवेश कार्यक्रममा उहाँले काँग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुन सक्ने दाबी गर्नुभयो ।

नेपाली काँग्रेसबाट सुनसरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहनुभएका उपप्रधानमन्त्री गच्छदारले लोकतन्त्रसँगै जारी भएको संविधान कार्यान्वयन गर्नका लागि काँग्रेसलाई विजयी गराउनुपर्नेमा जोड दिदैं काँग्रेसको जित मेरो मात्र जित नभई सम्पूर्ण जनताको जित हुने भएकाले काँग्रेसलाई विजयी गराउन आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसको नेतृत्वमा सबै परिवर्तन भएकाले अब संविधान कार्यान्वयन गर्नका लागिसमेत काँग्रेसको नेतृत्व आवश्यक रहेको छ, उहाँले भन्नुभयो —“अहिलेको संविधानले सबैको अधिकार सुनिश्चित गरेका कारण अब त्यसलाई मूर्तरुप दिनका लागि काँग्रेसलाई अत्यधिक बहुमत दिएर विजयी गराउन सक्नुपर्छ ।”

नेता गच्छदारले नेपाली काँग्रेस केवल राजनीतिक भाषण गर्ने पार्टी नभएको भन्दै विकास गर्ने पार्टी समेत भएको दाबी गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्