लकडाउनमा कठोर बन्दै प्रहरी, पक्राउ गर्न विशेष फोर्स



काठमाडौं । जनस्वास्थ्यलाई मध्यनगर गर्दै सरकारले आह्वान गरेको लकडाउनको अवज्ञा गर्ने क्रम बढेपछि प्रहरी कठोर बन्ने भएको छ । बिना काम नागरिक सडकमा आउने, मर्निङ वाकलगायतमा निस्कने क्रम नरोकिएपछि प्रहरी कठोर रुपमा प्रस्तुत् हुन लागेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौंसहित महातका तीनओटै जिल्लाका प्रहरी परिषरलाई लकडाउनको अवज्ञा गर्नेविरुद्ध कडाईका साथ प्रस्तुत् हुन निर्देशन दिएको छ ।

रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले भने, “सुरुका केही दिन नागरिकका लागि लकडाउन नयाँ थियो । यसअघि माइकिङ र सडकमा गुडेका सवारी साधनलाई सम्झाइबुझाइ छाडेका थियौं । तर अब त्यो अवस्था छैन । अब पनि अवज्ञा गर्नेलाई तत्काल नियन्त्रणमा लिन्छौं ।”

अत्यावश्यक कामका लागि निस्केकालाई भने कुनै अवरोधल नगरिएको उनले बताए । लकडाउन अन्य समयभन्दा केही फरक भएको भन्दै यसमा सबैभन्दा बढी जिम्मेवार स्वयंम हुनुपर्ने सरकारका मन्त्रीदेखि सबैले बताउँदै आएका छन् । नेपालमा हालसम्म चारजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

सरकारले व्यक्तिव्यक्तिबीचको दूरी कायम गर्दै अत्यावश्यक वस्तु किन्न पाउने व्यवस्था समेत लागु गरेको छ । डीआईजी पोखरेलले भने, “यो मानव समाजकै लागि ठूलो महामारी हो । एकजनाको गल्तीको सिकार पूरै समाज हुनसक्छ । त्यसैले अनावश्यक रुपमा बाहिर ननिस्कौं । अत्यावश्यक काममा हामीले पनि सहजीकरण गरिदिएकै छौं । हामी जनताकै सुरक्षाका लागि खटिएका हौं ।”

पछिल्लो समय प्रहरीले लकडाउनको अवज्ञा गर्नेलाई धमाधम नियन्त्रणमा लिन थालेको छ ।

पक्राउ गर्न विशेष फोर्स

प्रहरीले लकडाउनको अवज्ञा लगायत अन्य अवस्थामा पक्राउ गर्न विशेष फोर्स ९टोली० गठन गर्न लागेको छ । प्रहरीलाई समेत संक्रमणको जोखिम बढ्नसक्ने भन्दै आवश्यक बचावटको समाग्रीसहित नियन्त्रण÷पक्राउ गर्न छुट्टै टोली गठन गर्न लागिएको हो । डीआईजी पोखरेलले यसबारे आवश्यक गृहकार्य भइरहेको बताए ।

यस्तै काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्नेलाई प्रविधिको प्रयोग गरी प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्