समाचार

सरकार आफैले आचारसंहिता उल्लंघन गर्यो -ओली

By थाहा अनलाइन

November 25, 2017

सैघाली खबर, काठमाडौं ९ मंसिर, । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैले आचारसंहिता उल्लंघन गरेर कानुनी शासनको खिल्ली उडाएको आरोप लगाएका छन् ।

 

काठमाडौमा शनिबार भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले निर्वाचनको मौन अवधी सुरु भैसक्दा पनि उच्च पदस्थ कर्मचारी सरुवा बढुवा गर्ने, विभिन्न आयोजनाको बारेमा दुरगामी असर पार्ने खालका निर्णय गरेर सरकारले आचारसंहिता उल्लंघन गरेको बताए ।

कार्यक्रममा अध्यक्ष ओलीले सरकारले आचारसंहिता उल्लंघन गरेको थाहा पाउदा पनि कारवाही गर्न नसकेर निर्वाचन आयोग सरकार अगाडि निरिह बनेको समेत बताउ ।

सरकार र निर्वाचन आयोगको कारण निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनेमा शंका रहेको अध्यक्ष ओलीको भनाइ छ ।

कार्यक्रममा अध्यक्ष ओलीले देशलाई माया गर्ने, बिकाशप्रेमी एक हुनुपर्ने भन्दै सबै बाम गठबन्धनमा आउन आग्रह गरे ।

पहिलो चरणको निर्वाचन हुने विभिन्न ३२ जिल्लामा मतदान पूर्वको तयारी पूरा भइसकेको छ