भरत दाहालको पोस्टको स्पष्टीकरण फेसबुकबाटै दिए मन्त्री भट्टराईले



भरत दाहालले आफ्नो फेसबुकमा मन्त्री योगेश भट्टराईको हात भन्दै यस्तो स्टाटस लेखे पछि भट्टराईले पनि जवाफ दिएका छन भरत दाहालको स्टाटस जहाज भाडामा मात्र ४२ लााख डकैति चीनबाट कोरोना उपचारका सामग्रीहरु ढुवानी गर्न भाडामा लिईएको नेपाल वायूसेवा नियमको भाडा दर ८० हजार अमेरीकी डलर छ तर सो ढुवानी भाडा भुक्तानीका लागि मन्त्री योगेश भट्टराईले हस्ताक्षर गरेर स्वास्थ्य मन्त्रालयमा पठाएको पत्रमा १ लाख १५ हजार अमेरीकी डलर भुक्तान गरिदिन उल्लेख गरिएको छ। ढुवानी भाडामा मात्र दिनदहाडै ३५ हजार अमेरीकी डलर (४२ लाख रुपैयाँ) डकैति।

 

मन्त्री योगेश भट्टराईको स्टाटस

भरत दाहालको फेसबुकमा नेपाल एयरलाईन्सलाई स्वास्थ्य मन्त्रालय मार्फत गरिने भुक्तानीका बारेमा मलाई जोडेर लेखिएको कुरा पुरा पुर झुठ हो । स्वास्थ्य मन्त्रालय मार्फत अर्डर गरिएका स्वास्थ्य सम्बन्धि सामाग्री लिन नेपाल एयरलाईन्सको जहाज आज चिनको ग्वान्जाओ गएको सांचो हो । सामाग्री ल्याउन जिम्मा पाएको संस्था/ ब्यक्तीले एयरलाईन्सलाई कार्गो बापत तिर्नु पर्ने रकम आज शनिबार परेकोले जम्मा गर्न नसक्ने भनेको तर COVID 19 का लागि अतिआबश्यक सामाग्रीहरु यथासिघ्र ल्याउनु पर्ने भएकाले स्वास्थ्य मन्त्रालयको बिश्वसमा पछि स्वास्थ्य मन्त्रालय मार्फत सिधै नेपाल एयरलाईन्सलाई भुक्तनी गर्न पनि सकिने सर्तमा जहाज उडाउन मैले अनुरोध गरेको हुँ । मुलुकको अवस्था र आपतकालीन स्थितिलाई बुझेर मैले जे गरे ठिकै गरेको छु । नेपाल एयरलाईन्सले कार्गो बापत प्रचलित मुल्य लिनेहो र त्यो रकम सम्बन्धित संस्थाले तिर्ने हो । मैले कुनै लिखित आदेश गरेको छैन र मुल्य मैले तोक्ने पनि होइन । अड्कल पन्डितहरुलाई यो कुरा राम्ररी जानकारी होस्

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्