मन्त्रीपरिषद्को बैठक बस्दै, कोरोना भाइरस प्रभावितका लागि विशेष राहत विषयमा केन्द्रित



काठमाडौं । आज मन्त्रीपरिषद्को बैठक बस्दै छ। नेपाल सरकारले आज कोरोना भाइरस प्रभावितका लागि विशेष राहतको कार्यक्रम घोषणा गर्ने भएको छ।

त्यसैका लागि मन्त्रीपरिषद्को बैठक बस्न लागेको हो । मन्त्रीपरिषदको बैठक बस्नुभन्दा अगाडि अपरान्ह १ बजे नोभल कोरोना भाइरस ९कोभिड(१९० रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठक बस्नेछ।

सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा नोभल कोरोना भाइरस ९कोभिड(१९० रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति गठन गरेको थियो।

समन्वय समितिको बैठकले राहतका सबै कार्यक्रमहरू तय गर्नेछ। त्यसपछि बस्ने मन्त्रीपरिषद् बैठकले छलफलबाट राहत कार्यक्रमको निर्णय गर्ने जानकारी उच्च स्तरीय समन्वय समिति श्रोतले जनाकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्