आइसोलेसनमा राखिएको दाङका तीन जनाको रिपोर्ट नेगेटिभ




काठमाण्डौँ, चैत्र १६
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएका तीनै जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । काठमाडौंको टेकुस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि तीनैजनालाई आज डिस्चार्ज गरिएको छ ।

कोरोनाको संक्रमण भएको आशंकामा उनीहरुलाई आइसोलेसनमा राखिएको थियो । प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले तीनै जनाको रिपोर्ट नेगेटिभ आएकाले १४ दिनसम्म घरमै क्वारेन्टाइनमा बस्ने गरी डिस्चार्ज गरिएको बताए ।

यसअघि आइसोलेसनका अन्य दुई जनाको रिपोर्ट पनि नेगेटिभ आएपछि शुक्रबार डिस्चार्ज गरिएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना आशंका गरिएका बिरामीहरुका लागि १० शय्याको आइसोलेसन बनाइएको छ ।

गत बुधबारदेखि सन्चालमा आएको दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा पनि तीन जना बिरामी आइसोलेसनमा छन् । उनीहरुको स्वास्थ्य परीक्षण रिपोर्ट भने आउन बाँकी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्