नुवाकोटमा विदेशबाट फर्किएका १ सय १८ जना होम क्वारेन्टाइनमा




नुवाकोट, चैत १६
नुवाकोटमा विदेशबाट फर्किएका १ सय १८ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरस कोभिड–१९ को जोखिम नियन्त्रण गर्नका लागि विदेशबाट आएका उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको हो । विदेशबाट फर्किनेमा सबैभन्दा बढी विदुर नगरपालिका भित्रका रहेका छन् ।

बिदुर नगरपालिकाको ४२ जना, बेलकोटगढी नगरपालिकाको ३८ जना, लिखु गाउँपालिकाको ६ जना तादीको ७ जना, म्यागङ्घको १० जना होम क्यारेन्टाइनमा बसेका छन् । यस्तै, तारकेश्वरको ४ जना, पञ्चकन्याँको ५ जना र सुर्यगढी गाउँपालिकाको २ जना होम क्यारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । बिशेषगरी भारत, मलेसिया, कतार, दुबै लगायत देशबाट नागरिकहरु आएका छन् ।

यसैक्रममा बिदुर नगरपालिकाको त्रिशूली स्थित शैक्षिक तालिम केन्द्रमा तयार गरेको क्वारेन्टाईनमा २ जना र तादी गाउँपालिकाको खरानीटारमा तयार पारिएको क्वारेन्टाईनमा १ जनालाई राखिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटका डिएसपि राजेश थापाले बताए । हाल जिल्लाको १२ वटै स्थानीय तहका वडा कार्यालयले लगत लिने र स्वास्थ्य परीक्षण गराउने कार्य भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्