प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज , ३२ जिल्लामा मतदान हुँदै



सैघाली खबर
काठमाडौं,१० मंसिर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको पहिलो चरणमा आज हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा मतदान हुँदैछ। प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७२ निर्वाचन क्षेत्रमा मतदान हुन लागेको हो। मुलुकभरमा प्रतिनिधिसभाका कुल १६५ र प्रदेशसभाका ३३० निर्वाचन क्षेत्र छन्।

बाँकी ४५ जिल्लामा यही मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन हुनेछ। तोकिएको मतदान केन्द्रमा बिहान ७ बजेदेखि सुरु हुने मतदान साँझ ५ बजेसम्म जारी रहनेछ।

पहिलो चरणमा कुल ३१ लख ९१ हजार ९४५ मतदाता छन्। मतदानका लागि २ हजार ९१९ मतदान स्थल र ४ हजार ४६५ मतदान केन्द्र तोकिएका छन्। पहिलो चरणमा ३७ प्रतिनिधिसभा सदस्यका लागि २८२ पुरुष र १६ महिलासहित २९८ तथा ७२ प्रदेशसभा सदस्यका लागि ४२० पुरुष र २० महिला गरी ४४० उम्मेदवार चुनावी मैदानमा छन्।

संघीय संरचनाअनुसार हुन लागेको यो पहिलो निर्वाचन हो। संविधानसभाबाट जारी भएको संविधानले मुलुकलाई संघीय संरचनामा लगेको थियो। यो निर्वाचनलाई संविधान कार्यान्वयनको मुख्य खुड्किलो मानिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्