एमाले प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा सहभागि नहुने ।।



 

samsad

जेष्ठ, २१,
नेकपा एमालेले व्यवस्थापिका–संसद््मा आज हुने प्रधानमन्त्री निर्वाचन प्रक्रियामा सहभागी नहुने भएको छ । एमालेले आजको संसद बैठक अवरुद्ध गर्ने र प्रक्रियामा पनि सहभागि नहुने निर्णय गरेको छ । तर संसद अवरोध गर्ने वा नगर्ने भन्नेमा अन्तिम निर्णय गर्न अहिले बिहान छलफल हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हिजो बसेको स्थायी कमिटी बैठकले अहिलेको सत्ता समीकरणमा प्रमुख प्रतिपक्षी दल एमालेबाट चुनावमा प्रधानमन्त्रीको उम्मेदवार खडा नगर्ने निर्णय गरेको हो ।

yamale

प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया मुलुकको प्रचलित संसद्ीय परम्परा तथा अभ्यास विपरीत रहेको ठहर गर्दै बैठकले प्रक्रियामा सहभागी नहुने तथा त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको एमाले उपनेता सुवाचन्दै नेम्वाङले जानकारी दिनुभयो । भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्नुपर्ने माग राख्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको एमालेको अवरोधकै बीच व्यवस्थापिका–संसद्ले सूचना टाँसेर प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अगाडि बढाएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्