मुख्य समाचार

बझाङमा मतदान केन्द्र नजिक बम विस्फोट

By थाहा अनलाइन

November 26, 2017

सैघाली खबर बझाङ,१० मंसिर

बझाङको छविस पाथीभेरा गाउँपालिका वडा नम्बर ५ नजिकै बम विस्फोट भएको छ । आज बिहान ६ बजेतिर अज्ञात समूहले बम विष्फोट गराएको हो ।

वडा नं. ५ को मतदान केन्द्र भन्द्र थलारा निमावि ब्यासीभन्दा झन्डै एक किलो मिटर टाढा जंगलमा बम पड्काएको प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले बताए । सोही गाउँपालिकाको वडा नं.४ को जंगलमा हिजो पनि बम विस्फोट भएको थियो ।