तिमीहरूको अपराध अक्षम्य छ



कविता सिह – यतिबेला चिनकाे हुवान प्रान्तमा पहिलाे पटक ३१ डिसेम्बर २०१९ मा देखापरेको काेभिड १९ अर्थात काेरना भाईरसले बिश्व हल्लिएकाे छ । हजाराैँकाे मृत्यु भैसकेको वेला लाखाै सँक्रमित भएका छन । हाम्रो देश नेपालमा पनि हाल सम्म ५ जनालाई देखापरे पुष्टि भैईसकेकाे छ । यतिवेला तिम्रो निजि मेडिकलहरु बन्द देखिदै छन । त्यो सामाजिक र मानविय दृष्टिकोणले घोर अपराध ह‍ो।

हिजो अस्ति सम्म तिम्रो अस्पतालको ढोका छिर्न नपाउदै तिम्रा कर्मचारी विरामी लाई पुष्प गुच्छा ले सम्मान गरि निकै सभ्य बन्न ख‍ोज्ने तिम्रो र तिम्रो कर्मचारीको चिरत्र अाज अाएर उदाङ्ग भएको छ।सभ्य ढंगले सम्मान पूर्वक बिरामी भर्ना गर्ने तिम्रो कमाउ धन्दा बिरामीले बुझ्दैन केवल राम्रो उपचारको खोजीमा भौतारिएका हुन्छन् जब डिस्चार्ज हुदाँ बिरामी र उनको अाफ्नतको हातमा लाखौंलाख को बिल थमाइ दिन्छौं ।

उनिहरू को रगत पसिना बगाएर कमायको अझै भन्नुपर्दा खेतवारी बेचेर साहुक‍‍ो ऋृण झिकेर ल्याएको पैसाको झोला तिमीहरूको हातमा पर्छ अनि तिमीहरूको व्यवार तुरुन्तै चेन्ज हुन्छ यो बिरामी अस्पताल बाट चाँडो जावोस् भन्ने कुभावना पैदा हुन्छ । त्यस्तो अमानविय ब्यवहार प्रकट गर्ने बानी परेका पैसा मात्र देख्ने बिरामी लाई उपचार पश्चात् मर्नु न बाँच्नु को दोसाँधमा पुर्‍याउने बानी परेका तिमीहरू यो राष्ट्रका बेठीक रहृेछौ।यो राज्य र नेपाली जनता लाई परेको पिडा को बेला अाज तिमीहरूको अस्पतालमा भोटे ताल्चा लगाएको छ तिमीहरू रमिते बनेका छौ।विरामी को अवस्था नाजुक हुदाँ तिमीहरू का पैसा सोस्ने अस्पतालको ढोका खोलिद‌न जीवन र मृत्यु संग लडिरहेका विरामी बालक देखि बृद्धा ले तिमीहरू लाई सरापिरहेका छन् ।

ठाउँठाउँबाट जानकारी पाए अनुसार पूर्व झापा देखि पश्चिम महाकाली सम्म अाज तिमी सबै बिरामी लाई कोरोना देख्न थालेका छौ, अस्पताल भर्ना गरि मानवियता देखाउनुको साटो तिम्रो अस्पताल बाहिर अाँगनमा छट्पटी रहेका बिरामी लाई देख्न छोडेका छौ। अाज एक हप्ता जति भयो तिम्रो अाँखाले देख्न छोडेको छ,कानले सुन्न छोडेको छ।तिम्रो हृदय ढुङ्गा बनेको छ।हुनत तिम्रो पैसा देखेर पग्लने हृदय यो संकटको बेला बिना पैसा के पग्लन्थ्यो र, पाँचतारे होटल भन्दा वढी महंगो तिम्रो अस्पतालका बेडहरु नि:शुल्क सेवाका लागि दिन तिम्रो हृदयले माने होला।अाज राज्य लाई संकट परेको छ, दुनियाँ सबै कोरोना बिरूद्द कसरी एक जुट भएर परास्त गर्ने भन्ने अभियान मा छन् बिश्व अांतन्कित भएको छ तिमीहरू भने राज्य लाई असहयोग गरिरेका छौ। राज्य ले फुल दिदाँ तिमीहरू ले ढुङ्गा हानेका छौ हुनत तिमीहरूको र राज्य संचालक क‍ो पहिला नै सहमति भएको हुनसक्छ ।

राज्यले तिमीहरूको हस्पिटल को अनुमति दिनु भन्दा राज्यको ठुला हस्पिटल बनाई दिएको भए अाज तिमीहरू को अगाडि सहयोगको हात फिजाउनु पर्ने थिएन। हिजो तिमीहरूको निजी मेडिकल कलेज को बारेमा बोल्ने लाई गतिलो जबाफ दिएछौ यो बेला तिमीहरूको धोका नै नेपाली जनता को दिर्घकालिन फाइदा हो।हिजो तिमीहरू संग करोडौं खाएर तिमीहरूको अस्पताल को अनुमति दिनेहरू संग अस्पताल बन्द नगर नेपाली जनता को सेवा गर भन्ने नैतिकता नहुन सक्छ ,तिमीहरू ले जति नेपाली जनता लाई शोषेपनि ती नेताहरु बोल्न सक्दैनन्।यस्तो दर्दनाक पिडाको घडीमा तिमीहरुले अस्पतालमा ताला लगाउछौ भने सदाका लागि नेपाली जनताले ताला लगाउने छन्।तिम्रो संरक्षण गर्ने नेता ,सरकार कोहीपनि बाकी रहनेछैन ।

तिम्रा ती अस्पताल नेपाल रास्ट्र र नेपाली जनताका हुने दिन अाउँछन। मलाई हिजोका दिनसम्म तिम्रो अस्पतालको भवन थपिदा, नयाँ प्रविधि भित्रीदा नयाँ उपकरण जडान हुदाँ अाफ्नै घरको सामान जोडेझै लाग्थ्यो किनकी बिदेशमा गएर नेपाली ठूलो धनराशि खर्च गरेर उपचार गर्नु भन्दा स्वदेशमै राम्रो हुन्छ भन्ने बुझाईका साथ मैले बुझेकी थिए।तिम्रो प्रगति अाम नेपाली जनताको प्रगति ठान्थे। कहिलेकाही तिम्रो विरुद्धमा विद्यार्थी संगठन स्वास्थ्य क्षेत्रका माफिया मूर्दावाद भन्दा सडकमा अान्दोलन गर्दा अलि वढि नै भने छन भन्ने लाग्थ्यो ।फेरि बिधार्थी संगठनका नेतालाई किन अान्दोलन निर्णयक ठाउँमा नपुर्याई चुपचाप लागेका होलान भनेर सोच्ने गर्थे त्यो सबै तिमीहरू को पैसा ले मुखबन्द गरेछ अान्दोलन तुहाउने नेता कार्यकर्ता चुपचाप लगाउने तिमीहरू को गजव को शैलिलरहेछ।म बुझदै छु ।जनता मार्ने नेता पोष्ने बल्लतल्ल चिन्ने प्रायस हुदै छ,हिजो सम्म को बुझाइ फरक थियोे ।

तिमीहरूको उन्नति प्रगति राष्ट्र र समग्र स्वास्थ क्षेत्रको नै हो भन्ने लाग्थ्यो कहिले काहिँ तिमीहरूको प्रगति भित्र रमाउने गर्थे तर त्यो सबै मैले भ्रम पालेकी रहेछु अब तिमीहरूका काला करकतु एक दिनबाहिर अाउने छन् तिमीहरूको बिनाश का दिन अाउदैछन् तिमीहरूका गल्ती बेला बखत बाहिर अाउने गर्थे मलाई शंका पैदा नभएको होइन तैपनि तिमीहरूको बारेमा अाफुलाई परिवर्तनको समवाहक ठान्ने पार्टी का अमुख नेता र त्यसका विधार्थी संगठनले कहिले कस‍ो फाट्टफुट्ट कुरा निकाले क‍ो सुनेको थिए तर तिमीहरूको जादुले चुप लाग्दा रहेछन् जसको परिणाम अाज सहयोग होइन असहयोग गरिरहेका छौ । यो भन्दा अगाडि पनि बेला बेला कुरा उठ्छन तर सरकार संचालक ले नेपाली जनता लाई गुमराह मा राखि धोका दिएको रहेछ अाज सम्म पनि तिमीहरूको पक्षमा वकालत गरि राज्य ले तिमीहरूलाई क्षमा दिएको छ यो कमजोरी सरकार को हो त्यही कमजोरी माथि टेकेर तिमीहरूले ठूलो अपराध गर्यौ जुन क्षमा दिन लाएक छैन ।

बिश्व कोरोना भाइरस का प्रभाव ले अाक्रान्त छ नेपाल अछुतो हुने कुरा रहेन यो राष्ट्र को महानसंकटको वेला अाफुलाई सहयोगी सिद्ध तिमीहरू ले गर्नु पर्छ बिगतमा अाफूलाई तिमीहरूले समाज सेवाको उच्च तक्मा भिर्ने गर्थौ खोइ अाज तिमीहरू को समाज सेवाको भावना कता गएकोछ।तिमीहरू स्वास्थ्य क्षेत्र का नायक होइन नालायक बन्दै छौ तिमीहरू ले अस्पताल क‍ो ढोका थुन्नु भन्दा सरकार जनता लाई सहयोग गरि माहान जनसेवा का एकजुट भएर अगाडि बढ्दा तिमीहरूको कल्याण त्यसैमा हुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्